तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर ६ शेषटारमा मंगलबार बिहान सालको रुख ढल्न गई किच्दा एकको मृत्यु भएको छ भने दुइ जना गम्भिर घाइते भएका छन् ।
मंगलबार बिहान करिब ९:३० बजेको समयमा विद्यालय जाने क्रममा बाटोमा हिड्दै गर्दा सालको रुख ढलेर किचिदा व्यास नगरपालिका वडा नम्बर ६ शेराटार बस्ने १२ वर्षीय अस्मिता थापा, १० वर्षीय सनिषा थापा र ८ वर्षीय विनिषा थापा घाइते भएका थिए । सोहि स्थान बस्ने तेज बहादुर थापाको छोरीहरु घाईते भएको खबर प्राप्त हुना साथ तनहुँ प्रहरीले टोली खटिई तत्काल घाईतेहरुलाई उद्दार गरेको थियो ।
उक्त दुर्घटनामा परी गम्भिर घाइते भएकी कक्षा ४ मा पढ्ने ८ वर्षीय विनिषा थापाको दमौली स्थित रत्नहरी अस्पतालमा उपचारका क्रममा बिहान १०:४३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । व्यास-६ शिसाघाट स्थित कालिका एकेडेमीमा अध्यनरत उनिहरु विद्यालय तर्फजाने क्रममा उक्त दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सोही दुर्घटनामा परी गम्भिर घाइते भएकी कक्षा ६ मा पढ्ने अस्मिता थापाको वायाँ कुम र दायाँ गालामा चोट लागेको र कक्षा ३ पढ्ने सुनिषा थापाको दुबै खुट्टामा र टाउकोमा गम्भीर चोट लागेको हुँदा उनिहरुको थप उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा एकै दिन दुई किशोरको डुबेर मृत्यु, फुस्रेखोलामा फेरि १६ वर्षका सुप्रिम डुबे
अनेरास्ववियु कास्कीले गर्यो बुद्धिचाल प्रतियोगिता
वर्ल्ड लिङ्कले ट्राफिकलाई गर्यो सहयोग, ६५ थान सामाग्री हस्तान्तरण
मानव अधिकारका सवालमा सबै पक्ष गम्भिर बन्नुपर्छः प्रदेश प्रमुख भट्ट
‘रवीन्द्र साझा नेता हुन्, एमालेको मात्र भनिएमा अन्याय हुन्छः काँग्रेस
कांग्रेसले गण्डकीका सभामुखलाई देखायो संसद् बैठकमै कालो झण्डा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग