पोखराकी वरिष्ठ साैन्दर्यकर्मी चिनु गुरुङ उत्कृष्ट महिला उद्यमी पुरस्कारबाट पुरस्कृत भएकी छन् । गुरुङलाई गण्डकी प्रदेशवाट महिला उद्यमशितलामा अतुलनिय योगदान पुर्याएको भन्दै नेपाल सरकारले सम्मान गरेको हाे ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘पाचौँ राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सम्मान गरिएको हो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशका अगुवा महिला उद्यमीलाई काठ्माण्डौमा पुरस्कृत गरेको थियो । रोजगारी सृजना, स्वरोजगार अभियान्ता, महिला उद्यमशिलता र आर्थिक समृद्धिमा अतुलनिय योगदान पुर्याएको भन्दै सम्मान गरेको हो । पुरस्कारको राशी नगद १ लाख रुपैयाँ रहेको छ ।
महिलाहरु पनि आत्मनिर्भर हुनु पर्छ भन्दै २०५२ सालदेखि सौन्दर्यकर्मको संघर्षमा निस्केकी चिनुले आजका मितिसम्ममा तीन हजार भन्दा बढी गृहिणी तथा युवायुवतीहरुलाई आवश्यकता अनुसार निःशुल्क र सशुल्क तालिम दिइसकेकी छन् । सौन्दर्यको बजारमा एक हजार भन्दा बढी त अहिले उनैको तालिम मार्फत् प्रेरणा पाएर स्वरोजगार भएका छन् । जसमा ७ हजार भन्दा बढीले स्वदेश तथा बिदेशमा रोजगार पाएका छन् ।
सुरुवाती अवस्थामा पोखराको पृथ्वीचोकवाट व्यवसाय संचालन गरेकी चिनुले हाल गुरुङ्ग व्युटिपार्लर एण्ड एकेडेमी प्रालिको रुपमा पोखराकै न्यूरोडमा मुख्य कार्यालय बनाएर संचालन गरेकी छन् भने पोखरा भित्र र प्रदेशका अन्य जिल्लाहरुमा पनि शाखा विस्तार गरी सेवा दिने र तालिम प्रदान गर्ने काम गरेकी छन् ।
उनी नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको अध्यक्ष (महिला) का रुपमा रहेकी छन् भने थुप्रै सामाजिक संघसंस्थामा रहेर समाजसेवामा पनि आवद्ध छन् ।
सम्मानपछि वोल्दै गुरुङ्गले भनिन्–“सौन्दर्य व्यवसायलाई पुस्तान्तरित व्यवसायका रुपमा विकास गरिनुपर्छ । महिलाहरु अब सधैँ माग्ने मात्रै होईन, दिने हैसियतमा आफूलाई विकास गर्नुपर्छ ।” नेपाली वस्तुको उत्पादन गरी आयात प्रतिस्थापन गर्ने अभियानमा रहेकी चिनु स्वरोजगारलाई देश समृद्धिको आधार मान्ने गरेकी छन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु