पोखरा । जनप्रियका उच्च माध्यमिक विद्यालयका विद्यार्थीसँग पोखरा महानगर न्यायिक समितिले अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। गण्डकी प्रेस क्लबको समन्वयमा महानगरले विद्यार्थीसँग न्यायिक अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो।
पोखरा महानगरपालिकाकी उप–प्रमुख मञ्जुदेवी गुरुङले विद्यार्थीलाई न्यायिक समितिको औचित्यबारे जानकारी लिइसकेपछि परिवारका सदस्यलाई यसको महत्वबारे सुझाउन आग्रह गरिन् । कानून सबैले जान्नुपर्ने विषय भएकाले विद्यार्थीहरूका लागि महत्वपूर्ण हुने उनले बताइन् । “एकदमै महत्वपूर्ण विषयबारे तपाईंहरूलाई प्रशिक्षण दिन मेलमिलाप सहजकर्ताहरू आउनुभएको छ। जानिसकेपछि घरमा गएर आममाबुबा दिदीबहिनी छिमेकीलाई भन्नुहुनेछ भन्ने आशा लिएका छौँ,” उनले भनिन्, “यसले के काम गर्छ। यसको काम कर्तव्यबारे मेलमिलाप सहजकर्ताले प्रशिक्षण दिनुहुनेछ। त्यो घर परिवारका सदस्य छिमेकमा पनि भन्नुहोला।”
गण्डकी प्रेस क्लबका अध्यक्ष एकराज गिरीले नयाँ विषयबस्तू भएकाले सबैले बुझ्न आवश्यक रहेको बताए। “न्यायिक सम्पादन खर्चिलो नबनाउन नेपालको संविधानले व्यवस्था गरेको छ। नयाँ व्यवस्था भएकाले व्यापक प्रचार प्रसारका लागि यस्ता कार्यक्रम हुने गर्छन्,” उनले भने।
पोखरा महानगरका ४ विद्यालयमा यी कार्यक्रम हुने छन्। न्यायिक समिति महानगरमा सस्तोमा न्याय सम्पादन हुने अदालत जाँदा ठूलो व्ययभार पर्ने हुनाले न्यायिक समितिमा जाँदा उचित हुन सक्न उनले बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम बराल र प्रधानाध्यापक देविप्रसाद बस्ताकोटीले विद्यार्थीहरुलाई न्यायका बारे अन्तक्रिया कार्यक्रम लिएर आएकोमा खुसी व्यक्र गरेका थिए। पोखरा महानगर न्यायिक समिति सदस्य कालिदास पोखरेल, भावना श्रेष्ठ, राममणी अधिकारी अभिलेख संरक्षक, मेलमिलाप सहजकर्ता सोम लम्सालले विद्यार्थीहरुसँग प्रशिक्षण र अन्तक्रिया गरेका थिए।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’