पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा १७ रातोपहिरोमा सोमबार विश्व वातावरण दिवस मनाइएको छ । कास्कीका सिडिओ वासुदेव घिमिरेले विरुवा रोपेर कार्यक्रम सुरुआत गरे । कार्यक्रममा सिडियो घिमिरेले सय वर्षको परिवर्तन चाहने हो भने वृक्षरोपण गर्नुपर्ने विचार राखे । सजीवको स्वाशप्रश्वासदेखि जीवनयापनका धेरै पक्षमा वोटविरुवाको महत्व हुने उनको जनाए ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले विद्यालय तहबाटै प्रकृति संरक्षण अध्यापन गराउनुपर्नेमा जोड दिए । उनले समाज, देश र विश्वकै वातावरण स्वच्छ बनाउन सकेमात्र मानव अस्तित्व र विश्वको आयु लामो हुने उल्लेख गरे ।

वर्ड सोसाइटी पोखराका अध्यक्ष मनशान्त घिमिरेले बर्सेनी धेरै चरा लोप हँुदै गएको उल्लेख गर्दै मानव र जीवजन्तुको सहकार्यले मात्र सुन्दर संसार बन्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले रुखविरुवा बृक्षारोपणसंगै संरक्षणमा पनि ध्यान दिनुपर्ने बताएका थिए । संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले वातावरण बचाउन कुनै दिवसको आवश्यकता नपर्ने बताइन् ।
‘वातावरणको महत्व हामी सवैले बुझेका छौ’ उनले भनिन, ‘बेलाबेलामा यसको महत्वबारे सम्झाउन यस्ता दिवसको पनि आवश्यकता पर्दछ ।’ उनले संग्रहालय परिसरमा विभिन्न जातका विरुवा रोपेर वातावरण दिवस मनाइएको बताइन् ।
वातावरण दिवसको अवसरमा प्रजिअ घिमिरे लगायत सम्पूर्ण सहभागीले बृक्षारोपण गरेका थिए । सोही कार्यक्रममा रसियन नागरिक डायना सार्किजानवा पनि विरुवा रोपेकी थिइन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन