पोखरा । नेपालको अग्रणी अनलाइन प्लेटफर्म दराज नेपालले पोखरामा पहिलो बिक्रेता अन्तरक्रिया कार्यक्रम आयोजना सम्पन्न गर्याे। ‘दराज एक्यूजिशन, इन्कुवेशन एण्ड सेलर इन्गेजमेन्ट टीम’ को अगुवाईमा आयोजित एक दिने कार्यक्रममा डेढ सय विक्रेताहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
विक्रेताहरुले सबै स्रोतहरूको सदुपयोग गरी व्यवसाय बिस्तार गर्ने तरिकाहरु बारे जानकारी पाएका थिए । तीन वटा सत्रमा विभाजित गरी सञ्चालित कार्यक्रमको मूख्य उद्देश्य विक्रेताहरूलाई दराज प्लेटफर्ममा सफल हुनको लागि ज्ञान र उपकरणहरू प्रदान गन रहेको बताइन्छ ।
पहिलो सत्रमा नयाँ बिक्रेताहरूलाई सेवा दिनुका साथै उनीहरूलाई प्लेटफर्मको अपार सम्भावना र दराज बिक्रेता समुदायमा सामेल हुने फाइदाहरूको बारे प्रष्ट गरायो।
दोस्रो र तेस्रो सत्र व्यवहारिक तालिममा केन्द्रित थियो । विक्रेताहरूलाई दराज बिक्रेता केन्द्र प्रयोग गर्न मार्गदर्शन गर्ने, बिक्री सूचीहरू सशक्त पार्ने, बिक्रेता स्कोरकार्डहरू प्रयोग गर्ने र उनीहरूको अनलाइन उपस्थिति देखाउन र व्यवसाय बढाउन दराजसँग उपलब्ध विभिन्न बिक्रेता उपकरणहरूको लाभ उठाउनु नै यस कार्यक्रमको मूल उद्देश्य रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा तीन अनुभवी विक्रेताहरूले आफ्नो अनुभव र सुझावहरू प्रस्तुत गरेका थिए । त्यसमध्ये एक वक्ता नविन अधिकारीले ११.११ अभियानमा पोखराबाट एकै दिन १८०० भन्दा बढी अर्डर बिक्री गरेको खुलासा गरे । अधिकारीले निकट भविष्यमा आफ्नो व्यवसायलाई थप विस्तार गर्ने जनाउँदै कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गरे।
दराजले भरतपुर, बुटवल र विराटनगरलगायत नेपालका प्रमुख सहरहरूमा बिक्रेता अन्तरक्रिया कार्यक्रम जारी राख्ने योजना घोषणा गरेको छ । यसले देशभरका बिक्रेताहरूलाई सशक्त बनाउन, आफ्नो पहुँच विस्तार गर्न र उनीहरूलाई प्रतिस्पर्धी ई–कमर्स परीदृश्यमा फस्टाउन आवश्यक उपकरण र ज्ञान प्रदान गर्नेछ ।
बिक्रेता आन्तरिक या कार्यक्रमद्वारा दराजले आफ्ना बिक्रेताहरूसँग बलियो साझेदारी बढाउने र उनीहरुरुको सफलताका लागि आवश्यक स्रोत र साधनहरू उपलब्ध गराउने प्रतिबद्धता लिएको छ । दराज नेपालले विगत पाँच वर्षदेखि आफ्नो सेवा अनुरुप स्थानीयको माग पूरा गर्न भरपर्दो, उपयोगी र लोकप्रिय बजारको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको जनाएको छ।
दराजले द्रुत गतिमा ईकमर्स क्षेत्रमा फड्को मारेको बताउँदै यसलाई १८ हजार भन्दा बढी बिक्रेताहरू प्रति महिना १५ लाख सक्रिय एप प्रयोगकर्ताहरू र नेपालको १०१ शहरहरूमा डेलिभरीको सुबिधाले पुष्टि गरेको दाबी गरेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन