पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ ले वडाको योजना तथा बजेट निर्माणमा युवाहरुको दृष्टिकोण बुझ्दै सुझाव लिएको छ । बुधबार वडाले ‘योजना छनोट तथा बजेट निर्माणमा युवाहरुको दृष्टिकोण’ कार्यक्रम आयोजना गरि युवाहरुको सुझाव लिएको हो ।
वडा ५ का वडाअध्यक्ष विष्णु प्रसाद बरालले विकास निर्माणका प्रत्येक काममा युवाहरु आउनु आवश्यक रहेको बताए । विदेश पलायन रोक्न युवाहरुलाई सिपमुलक कामहरु सिकाएर नेपालमै रोजगारको वातावरण सिर्जना गर्नुपर्ने उनको भनाई थियो ।
समग्र वडाको विकासका लागि युवाकै आवश्यकता रहने र युवाको धारणा तथा दृष्टिकोण कस्तो रहेको बुझ्न कार्यक्रमको आयोजना गरिएको वडाअध्यक्ष बरालले बताए । पोखराको ३३ वटा वडा मध्ये यस्तो योजना तथा बजेटमा युवाहरुको दृष्टिकोण बुझ्न खोजिएको वडा ५ पहिलो रहेको उनले दावी गरे ।
सहभागि युवाहरुले समग्र वडाको विकासका लागि आआफ्नो सुझाव प्रस्तुत गरेका थिए । जसमा सडक दुर्घटना न्यूनीकरण, सिसि क्यामेरा जडान, आइटीको पहुँच, बैदेशिक रोजगारलाई न्यूनीकरण, कृषि क्षेत्रमा गर्नुपर्ने भावि योजना, खेलकुदका विभिन्न सुझाव, पर्यटनको आकर्षक गन्तव्यको पहिचान लगाएतका विषयलाई युवाहरुले महत्व दिएका थिए ।
वडाले योजना तथा बजेटसँग सम्वन्धित रहेर सरोकारवालाहरुसँग छुट्टाछुट्टै छलफल तथा सुझाव संकलन गरिरहेको छ ।
कार्यक्रममा स्वागत मन्तव्य वडासदस्य हरिमाया विकले गरेकी थिइन् भने सञ्चालन वडासदस्य कल्पना भुवाजी क्षेत्रीले गरेकी थिइन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन