पोखरा । पढाइका सँगसंगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई अब्बल बनाउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले नेपाली समाचार प्रस्तुतीकरण प्रतियोगिता बिहीवार सम्पन्न गर्याे ।
रेडियो तथा टेलिभिजनमा समाचार वाचकले झैँ नेपाली भाषामा कक्षा ६ देखि ८ कक्षासम्म अध्ययनरत ८९ जना विद्यार्थीहरुले विभिन्न पत्रिकामा प्रकाशित समाचारहरुलाई आधार बनाई समाचार वाचन गरेका थिए ।
जसमा कक्षा ६ बाट प्राप्ति पौडेल, आयुश्री तिमिल्सिना, ज्योतिस्मा कार्की, र आयुषा बास्तोला क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् । त्यसैगरी, कक्षा ७ बाट भूमिका सुबेदी, कुसुम श्रेष्ठ, बरदान जिसी र आयुस्मा पौडेल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् ।
यसैगरी, कक्षा ८ बाट आदित्य आचार्य, सुप्रिया मानन्धर, प्रतिष्ठा खनाल, र ऋतु पौडेल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् ।
विद्यालयकका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा आयोजित सो प्रतियोगितामा विद्यालयका नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेल र दुर्गादत्त सुबेदीले निर्णायकको भूमिका गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिका अमृता जिसीले गरेकी थिइन् ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो