पोखरा । विश्वविद्यालय, स्कुल र सरकारी निकायकै लेखाइमा नेपाली भाषामा भद्रगोल छ । पत्रपत्रिका, स्कुल र क्याम्पस तहका पुस्तकमै एकरुपता छैन । साहित्यकार र सर्वसाधारणमा समेत नेपाली जसरी लेखे पनि काम चल्छ भन्ने भ्रम फैलिँदै छ । यस्ता धारणा चिर्न र भाषाको संरक्षण गर्न केही प्रयास भने सुरु भएका छन् ।
नेपाली विभाग, पृथ्वीनारायण क्याम्पसले शनिबार मानक नेपाली भाषाबारे छलफल आयोजना गर्दै छ । मानक नेपाली भाषाको प्रयोगः समस्या र समाधान विषयक कार्यशाला गोष्ठीमा २ कार्यपत्र प्रस्तुत हुने छन् ।
प्राडा चूडामणि बन्धु भाषाले ‘मानकीकरण र नेपाली भाषा’ र डा प्रेमप्रसाद चौलगाईंले ‘नेपाली भाषामा हुने गरेका भाषिक त्रुटि र निराकरणका उपायहरु’ शीर्षकका कार्यपत्रहरु प्रस्तुत गर्दै छन् । कार्यशालामा प्राध्यापक, कर्मचारी, लेखक, पत्रकार, कानुन व्यवसायी, प्रकाशक, शिक्षक गरी ३ सय जना सहभागी हुने आयोजकको अपेक्षा छ ।
नेपाली भाषाकै माध्यमबाट जीविकोपार्जन गर्नेहरुमा समेत भाषिक प्रयोगमा शुद्धता नदेखिएको नेपाली विभाग प्रमुख प्राडा कुशुमाकर न्यौपाने बताउँछन् । उनी भन्छन्, ‘भाषाको प्रयोगमा सजगता ल्याउनका लागि र भाषिक त्रुटि गर्ने अवस्था नबनाउन कार्यशाला आयोजना गरेका हौं । हामीले भाषामा गल्ती गर्नु अक्षम्य नै हुन्छ ।’
प्रज्ञा प्रतिष्ठान, प्रकाशनहरु, सरकारी निकाय, विश्वविद्यालय, मिडिया, शिक्षक, सरकारी कर्मचारीसहित सर्वसाधारणमै नेपाली भाषाको ज्ञान, प्रयोगमा सचेतना र भाषाप्रति आकर्षण सिर्जना गर्न कार्यशाला फलदायी हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन