पोखराको मनिपाल अस्पतालले सेवामूलक कार्यमा पनि आफूलाई सहभागी गराउँदै आएको छ । सामाजिक क्षेत्रमा क्रियाशील संघसंस्था एवं बालबालिका संलग्न कार्यक्रमहरु निःशुल्क हेस्थ डेस्क सञ्चालन गर्ने गरेको छ ।
यसैक्रममा, शनिबार देशभरका लायन्स ओइरिएको कार्यक्रममा मनिपाल अस्पतालले हेल्थ डेस्क खडा गरी निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्याे । घान्द्रुकमा आयोजित लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘एम’को चौथो क्याबिनेट बैठकमा सयौं लायन मेम्बरहरुको सहभागिता थियो ।
होस्ट क्लब लायन्स क्लब अफ पोखरा लेकसाइडसँग समन्वय गर्दै मनिपालले कार्यक्रम स्थल बाहिर हेल्थ डेस्क राखेर प्रथामिक उपचार सेवा उपलब्ध गराएको हो ।
देशका विभिन्न स्थानहरुबाट कार्यक्रममा सहभागिता जनाउन आएका लायन लिडर तथा सहभागीहरुको ब्लड प्रेसर जाँच्नुका साथै आवश्यक पर्नेहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको हेल्थ कोओर्डिनेटर लायन खिम लामिछानेले जानकारी दिए ।
प्राथामिक उपचार सेवा तथा निःशुल्क औषधी उपलब्ध गराए वापत मनिपाल शिक्षण अस्पताललाई आयोजकले प्रशंसापत्रद्वारा सम्मान गरेको थियो ।



सम्बन्धित समाचारः
लायन्स डिस्ट्रिक्ट ३२५ ‘एम’ को चौथो क्याबिनेट बैठक घान्द्रुकमा सम्पन्न [तस्वीरहरू]
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’