पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम), नदीपुर पोखराको बिद्यार्थी क्लबले रक्तदान र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार बिहानैदेखि कलेज प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा बिबिए (बिहान र दिवा) कार्यक्रम तथा बिसिआइएस (बिहानी ) कार्यक्रमका बिद्यार्थी एवं शिक्षक, कर्मचारी समेत गरी कुल ७५ जनाबाट रगत संकलन गरिएको क्लबका अध्यक्ष मिन्टु कुमार गुप्ताले जानकारी दिए ।
रक्त संकलन कार्यमा नेपाल रेडक्रस सोसाइटी, गण्डकी प्रदेश रक्तसंचार केन्द्रको सहयोग प्राप्त भएको थियो ।
त्यसैगरी, क्लबले काहुँडाँडा स्थित कलेजको जग्गामा वृक्षारोपण समेत गरेको थियाे । क्लबका सचिब हुमा कुमारी थापाका अनुसार बिद्यार्थीहरुले तेजपत्ता, सल्ला, अम्बा, चाँप आदि विभिन्न प्रजातिका करीब ५० वटा बेर्नाहरु रोपेका थिए ।

पिसिएम बिद्यार्थी क्लब अन्तर्गत बिभिन्न सात विभागहरु रहेकाे र तिनले समय समयमा खेलकुद, साहित्यिक, सांस्कृतिक र सामाजिक कार्यक्रमहरु आयोजना गरेर बिद्यार्थीहरुमा नेतृत्व विकास एवं ब्यबस्थापन सम्बन्धी सीपको विकास गर्ने गतिविधि गरिरहेकाे उपाध्यक्ष अलिना गुरुङले जानकारी दिइन् ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन