पोखरा । यहाँको पूरानो र सक्रिय सामाजिक संस्था धादिङ–पोखरा सम्पर्क समाजले आफ्नो स्थापना दिवसको अवरसमा २० औं बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
वार्षिक नियमित कार्यक्रम अन्तर्गत पोखरा सभागृहचोकमा आयोजना गरेको कार्यक्रमबाट १ सय १४ युनिट रक्त संकलन भएको छ । रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रमको संयोजन सहकोषाध्यक्ष भगवति खतिवडाले गरेकी थिइन् ।
प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्की शाखाकी अध्यक्ष बिमला भण्डारीले पहिलो रक्तदाता समाजका सचिव दिनेश तुलाधरलाई ब्लडब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गरेकी थिइन् ।
प्रमुख अतिथि भण्डारीले पोखरामा सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गरेकोमा समाजप्रति आभार व्यक्त गरिन् । उनले धादिङबाट आई पोखरालाई कर्मथलो बनाएर धादिङबासीहरु विभिन्न क्षेत्रमा स्थापित भएकोमा खुशी पनि प्रकट गरिन् ।

समाजका अध्यक्ष रामप्रसाद पाण्डे (राजु) को अध्यक्षतामा भएको कार्यक्रममा अन्तरसमाज महासंघ राष्ट्रिय समितिका कोषाध्यक्ष युगराम अगस्थी, निवर्तमान अध्यक्ष गोकर्ण लम्साल, संस्थापक अध्यक्ष नवराज दुवाडी, सल्लाहकार रामकृष्ण दुवाडी, पूर्व अध्यक्ष युवराज खतिवडा, त्रिपुराबाराही महिला समूहकी अध्यक्ष बबिता मल्ल, त्रिपुरासुन्दरी गाउँपालिका इकाई अध्यक्ष सुदर्शन बसौला, रक्तसञ्चार केन्द्र पोखराका बरिष्ठ प्राविधिक महेन्द्र केसी लगायतले बोलेका थिए ।

कार्यक्रममा सहभागीलाई बरिष्ठ उपाध्यक्ष सरस्वति श्रेष्ठ सरुले स्वागत एवं महासचिव हरि पन्तले सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन