पोखरा । असार २० गतेका दिन निस्सिम थापा फाउन्डेसनद्वारा पाइलट निस्सिम थापाकाे जन्मदिनकाे अवसरमा रुपा गाउँपालिका ६ स्थित श्री कमल आधारभूत विद्यालयका बालबालिकाहरुलाई लत्ता कपडा वितरण गरी सहयाेग गरेकाे छ ।
निस्सिम थापा फाउन्डेसन हालसालै मात्र नेपाल सरकारमा दर्ता भई समाज कल्याण परिषदबाट आवद्दता प्राप्त गरेकाे छ भने याे संस्था पाइलट निस्सिम थापाकाे स्मृतिमा नेपाल सरकारमा दर्ता गरिएकाे छ भने यसले शिक्षा, स्वास्थ्य तथा प्याराग्लाइडिङमा उत्कृष्ट खेल प्रदर्शन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा याेगदान पुर्याउने खेलाडीहरु तथा पाइलटहरुलाई यथाेचित सहयाेग गर्ने लक्ष लिएकाे छ ।
पाइलट निस्सिम थापा पृथ्वी नारायण क्याम्पस समाजशास्त्र संकायमा द्वितीय वर्षमा अध्ययनरत थिए भने उनले इन्दुज भ्याली प्याराग्लाइडिङ पुना भारतबाट प्याराग्लाइडिङ काेर्स गरेका थिए । उनले नेपाल लगायत भारत, चाइना, इनर मंगाेलिया, साउथ काेरिया, इन्डाेनेसिया आदि देशहरुमा सम्पन्न प्रि वर्ल्डकप प्याराग्लाइडिङ खेलहरुमा सहभागी भई नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएका छन् भने साउथ काेरियामा सम्पन्न प्रि एशियन कपमा नेपाल टिमकाे तर्फबाट द्वितीय स्थान हासिल गरेका छन् ।

निस्सिम थापा फाउन्डेसनमा हाल ७ जना कार्य समिति र ४ जना सल्लाहकार गरी ११ जना पदाधिकारीहरु रहेका छन् जसमा अध्यक्ष प्रकाश थापा, उपाध्यक्ष सावित्री माेक्तान थापा, सचिव क्षितिज बाटाजु, काेषाध्यक्ष रिता पाैडेल, सदस्यहरुमा रुपेश गुरुङ, नेहा श्रेष्ठ , कामना थापा र सल्लाहकारहरुमा श्री बाबुराम श्रेष्ठ, सानाेबाबु सुनुवार, श्रीमती शाेभादेवी माेक्तान र शुभद्रा थापा रहेका छन् ।
रुपा गाउँ पालिका स्थित कमल आधारभूत विद्यालयका बालबालिकाहरुलाई लत्ता कपडा वितरण गर्ने कार्यक्रम संस्थाका काेषाध्यक्ष श्री रिता पाैडेलले सन्चालन गर्नु भएकाे थियाे भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष श्री सावित्री माेक्तान थापाले गर्नु भएकाे थियाे भने कार्यक्रमका प्रमुख अतिथि तमुधि नेपालका केन्द्रीय उपाध्यक्ष श्री गिमाया गुरुङले कार्यक्रममा विशेष सहयाेगका साथै आफ्नाे महत्वपूर्ण मन्तव्य राखी निस्सिम थापा फाउन्डेसनकाे प्रगतिकाे कामना गर्नुभएकाे थियाे ।
त्यसै गरी कमल आधारभूत विद्यालयका प्रधान अध्यापक श्री निर्मला अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री खेम गुरुङले फाउन्डेसनकाे प्रगतिकाे कामना गर्नुका साथै निस्सिम थापाकाे याेगदानकाे प्रशंसा गर्नु भएकाे थियाे ।

कार्यक्रममा विद्यालयका बालबालिकाहरु तथा अभिभावकहरुकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे समापन संस्थाका अध्यक्ष श्री प्रकाश थापाले गर्नुभएकाे थियाे ।
त्यसैगरी यसपछि लगत्तै रिजवाटर स्कुल अमरसिँहमा निस्सिम थापाकाे जन्मदिवस मनाइएकाे थियाे भने उक्त कार्क्रममा शिक्षक श्री बिमला खड्का, सावित्री माेक्तान थापा र सुजाता गुरुङले पाइलट निस्सिम थापाकाे सम्झनामा लेख तथा कविता वाचन गर्नु भएकाे थियाे भने कार्यक्रमा गीत कम्पाेिजिसन शिक्षक श्री सुजाता गुरुङले गर्नुभएकाे थियाे भने बालबालिकाहरु तथा शिक्षकहरुले गीत गाएर निस्सिम थापाकाे जन्मदिनमा मनाइएकाे थियाे ।
उक्त कार्क्रयक्रम पश्चात् लेकसाइड ल्यान्डिङ जाेनमा ग्लाइडर प्याकिङ ब्वाइहरु, पाइलटहरु तथा प्याराग्लाइडिङ सम्बद्द व्यक्तिहरुकाे उपस्थितिमा दीप प्रज्वलन तथा ओेैपचारिक कार्क्रक्रम सम्पन्न गरिएकाे थियाे । कार्यक्रममा ग्लाइडर प्याकिङ ब्वाइहरुलाई पाइलट निस्सिम थापा तथा निस्सिम थापा फाउन्डेसनकाे लाेगाे अंकित टिसर्ट वितरण गरिएकाे थियाे भने कार्यक्रमकाे शुरुवात निस्सिम थापाद्वारा गाइएकाे गीत बजाएर गरिएकाे थियाे।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ