पोखरा । गरिबीकै कारण पढाइ छाड्ने स्थितिमा पुगेका बालबालिकालाई पढाइमा प्रोत्साहन गर्ने उद्देश्यले पोखरामा च्यारिटी शो हुने भएको छ । आउँदो साउन ४ गते शुक्रबारका दिन पोखराको बाराही सिनेमा हलमा नेपाली कथानक चलचित्र ”पशुपति प्रसाद” को च्यारिटी शो गर्न लागिएको हो ।
बिगत देखि बिभिन्न सामाजिक कार्य गर्दै आएको युवाहरुको सामाजिक संजाल समुह WE ARE ONE (WAO) र YOUTH IN SOCIAL CHANGE को संयुक्त आयोजनामा हुन लागेको उक्त शो को लागि लिओ क्लब अफ पोखरा पिस भ्याली र पहिलो पाइलाले सहकार्य गरेका छन् भने युथ हेल्पिङ ह्यान्डस,ब्लाइन्ड युथ एसोसिएसन नेपाल र मुस्कान गाइज लगायतको सपोर्ट रहेको छ ।
बालबालिकालाई उचित शिक्षा दिने काम सरकारको हो तर सधैं सरकारको मुख ताकेर मात्र बस्नु भन्दा नागरिक स्तरबाट समेत सामाजिक परिवर्तनको लागि सबैले सक्दो पहल गरौँ भन्ने उद्देश्यले नै यो कार्यक्रम गर्न लागिएको WE ARE ONE का संयोजक सूर्य तिमिल्सिनाले बताए |उनका अनुसार च्यारिटी शो बाट बचेको रकमबाट तनहुँको घिरिङ गाउँपालिकामा रहेको राष्ट्रिय मा.वि. मा शैक्षिक तथा खेलकुद सामाग्री,सेतोपाटी,कम्प्युटर लगायतका सामाग्री वितरण गरिने छ ।
दुर्गम भेगका बिध्यार्थीहरु पनि सूचना प्रविधि संग जानकार हुन् भन्ने उद्देश्यले आँफुहरुले यो अभियान संगै दुर्गम भुगका बिद्यालयमा समेत कम्प्युटर शिक्षाको लागि पहल गरिरहेको Youth In Social Change का प्रदिप ज्ञवालीले बताए |आँफुहरुको यो कुनै एक बिद्यालय बिशेष कार्यक्रम मात्र नभई अभियान नै भएकोले सहयोगको लागि अपिल समेत गरेका छन् ।
युवाहरुले यस अघि स्याङजा आँधीखोला गाउँपालिकाको चिलाउनेवास प्रा.वि.,सोहि स्थानकै संस्कृत गुरुकुल,धादिङ केवलपुर लगायतका स्थानमा कम्प्युटर,शैक्षिक,खेलकुद तथा खाध्य सामाग्री वितरण गरिसकेका छन् भने अति बिपन्न बिध्यार्थीहरुलाई बिद्यालय शिक्षा सम्म पढाउन जिम्मा नै लिएर वर्षेनी सहयोग समेत गर्दै आएका छन् ।
तपाइँ पनि दुर्गम भेगका बिपन्न बालबालिकालाई पढाइमा प्रोत्साहन गर्ने अभियानमा केहि सहयोग गर्न चाहनुहुन्छ भने सूर्य तिमिल्सिना (९८५६०८३२९९),प्रदिप ज्ञवाली(९८६९०९१७३८),संकेत तिमिल्सिना(९८४६८५६२०१) लाई सम्पर्क गर्न सक्नुहुने छ ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ