पोखरा । पोखरामा अन्तरदोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिता हुने भएको छ । विन्दवासिनी दोहोरी साँझ प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । बुधबार पत्रकार सम्मेलन गरी आयोजक संस्थाले दोहोरी पुन संचालनमा आउन लागेको जानकारी गराएको छ ।
असार २२ देखि २६ गतेसम्म हुने प्रतियोगितामा पोखराका दोहोरी साँझमा गाउने लोकदोहोरी गायकगायिकाबीच प्रतिस्पर्धा हुनेछ । विन्दवासिनी दोहोरी साँझ पुन संचालनमा आएको विषयलाई जानकारी दिने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संचालक विरेन्द्र केसीले बताए । उनका अनुसार दोहोरी साँझ नयाँ व्यवस्थापनका साथ संचालनमा आएको हो । करिब ८५ लाखको लागतमा चिप्लेढुंगामा संचालनमा ल्याइएको दोहोरी साँझमा पारिवारिक वातावरण रहेको उनले बताए ।
दोहोरी प्रतियोगितामा सहभागी हुन एक हजार रुपैयाँ टिम दर्ता शुल्क तोकिएको छ । सम्बन्धित दोहोरी साँझकै नियमित कलाकार हुनुपर्ने र समूह दर्ता गर्दा दोहोरी साँझकै लेटरप्याडमा एक गायक र एक गायिकाको नाम सिफारिस गरि पठाउनुपर्ने नियम रहेको प्रतियोगिताका संयोजक सुमन खड्काले जानकारी गराए । उनका अनुसार कलाकारले अनिवार्य नेपाली पोशाक लगाउनुपर्नेछ । दोहोरी प्रतियोगिता दिउँसो ३ बजेबाट विन्दवासिनी दोहोरी साँझमै हुने र साँझ ७ बजेपछि विशेष सांगीतिक साँझ सहित नियमित कार्यक्रम हुने उनले बताए ।
दोहोरी प्रतियोगितामा विजेता समूहले क्रमशः ३० हजार, २० हजार, १० हजार नगद सहित मेडल, ट्रफी पुरस्कार पाउनेछन् । सान्तवना हुने टिमलाई समेत पाँच हजारको पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
विशेष सांगीतिक साँझमा लोकदोहोरी कलाकारहरु चिज गुरुङ,रवी कार्की र अस्मिता डल्लाकोटी सहित नियमित कलाकारहरुको प्रस्तुति रहनेछ । प्रतियोगिता अवधिभर दिउँसो समेत रेष्टुरेण्ट खुल्ला रहनेछ । प्रतियोगिता हेर्न जाने दर्शकलाई प्रवेशका लागि टिकट लाग्ने छैन । सो समयमा रेष्टुरेण्टको मेन्युमा समेत परिवर्तन गरिने केसीले उल्लेख गरे । उनका अनुसार बाहिरका रेष्टुरेण्टकै रेटमा दिउँसोको समयमा खाजा उपलब्ध गराइनेछ ।
यस्तो खालको प्रतियोगिता नेपालमा नै पहिलो पटक भएको दाबी केसीको छ । उनले दोहोरी साँझलाई हेर्ने नजरमा फेरबदल हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । दोहोरी फोहोरी हो भन्ने मानसिकता बाट दुर भएर आउन उनको ग्राहकलाई आग्रह छ ।
दोहोरी रेष्टुरेण्ट व्यवसायलाई सरकारले समेत थिचोमिचोमा पारेको भनाई उनको छ । उनी आफै उक्त समस्याबाट ग्रसित हुन् । सक्नेको अन्डर ग्राउन्डको व्यवसाय बन्द गराएको तर नसक्नेको व्यवसायलाई रोक्न पोखरा महानगर चुकेको उनले बताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन