सुन्दर कुमार थकाली, मुस्ताङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, आन्तरिक मामला तथा कानुन मन्त्री हरिबहादुर चुमान, प्रतिनिधि सभाका साँसद प्रेमप्रसाद तुलाचन, प्रदेशसाँसदद्धय ईन्द्रधारा बिष्ट र महेन्द्रबहादुर थकाली, मुख्य मन्त्रीका स्वकीय सचिब सुर्य गुरुङ लगायत सहितको टोली कोरलानाकाको भ्रमणको क्रममा आईतबार बिहान हिमालपारीको जिल्ला मुस्ताङ आईपुगेको छ ।
उत्तरी चीनको बहुचर्चित कोरलानाकाको बस्तुगत अध्ययन ÷अवलोकन तथा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालका ३ घीलिङमा सोमबार देखि सुरुहुने फुटबल खेलको उद्घाटनका लागि मुख्य मन्त्री सहितको टोली मुस्ताङ आएको मुख्यमन्त्रीका स्वकिय सचिव सुर्य गुरुङले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्रीको बहुचर्चित उत्तरी कोरला भ्रमणको शिलशिलामा कालिगण्डकी करिडोर अन्तर्गतको बेनी, जोमसोम,जोमसोम ,कोरला सडकखण्डको १ सय ८६ किलोमिटर निर्माणधीन सडकको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
मुख्य मन्त्री गुरुङको सहितको टोलीलाई जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्हामो गुरुङ,उपप्रमुख राजेन्द्र शेरचन,मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल,घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङ , मुस्ताङका प्रहरी प्रमुख महेन्द्र खड्का,नेपाल सेनाका कर्नेल पंकज पोख्रेल,शसस्त्र प्रहरी नायव उपरिक्षक सरोजसिह खड्का, जिल्ला अनुसन्धान प्रमुख महेश गुरुङ लगायत जिल्ला स्थित सरकारी कार्यालय प्रमुखहरु तथा जोमसोम पुथाङ आमा समुहको टोलीले जोमसोम बिमान स्थलमा भब्य स्वागत गरेको थियो ।
जोमसोम बिमान स्थलको अतिबिशिष्टकक्षमा टोली भ्रमणबारे संक्षिप्त प्रतिक्रिया दिदै आन्तरिक मामला तथा कानुन मन्त्री हरिबहादुर चुमानले भ्रमणको मुख्य उद्देश्य कोरलानाकाको अवलोकन तथा ४ नम्बर गण्डकी प्रदेश संग सरोकार राख्ने चाँसोको बिषय भएकाले त्यहाँको बिद्यमान अवस्थामा जानकारी हासिल गर्ने मुख्य उद्देश्य रहेको जानकारी दिए ।

मुख्यमन्त्री सहितको टोली आईतबारनै धावनमार्ग हुँदै कोरलानाका तर्फ प्रस्थान गरेको मुुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए । टोली आज उपल्लो मुस्ताङको लोमान्थाङ बस्ने र भोली बिहान कोरलानाका तर्फ जाने कार्यक्रम रहेको प्रजिअ पौडेल बताए ।
सम्बन्धित खबर
लोमान्थाङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट बरामद, तीन जना पक्राउ
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु