काठमाण्डौ। वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
गोरखा जिल्ला पालुङटार नगरपालिका -५ स्थायी घर भइ हाल काठमाण्डौ तारकेश्वर नगरपालिका फुटुङ बस्दै आएकी २९ वर्षीया शुष्मा तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
माल्टाको प्रतिष्ठित होटलमा काममा लगाइदिनुका साथै तलव पनि मासिक रू १ लाख बढी तलब हुन्छ भन्दै तामाङले संजय गिरी नाम गरेका व्यक्तिसँग पटक-पटक गरी ५ लाख ८५ हजार लिएर सम्पर्क विहिन भएकी थिइन्।
गिरीले आफू ठगिएको भन्दै तामाङ विरुद्ध उजूरी दिए पश्चात प्रहरीले तामाङलाई सोमबार तारकेश्वर नगरपालिका फुटुङबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाएको छ।
सम्बन्धित खबर
काठमाडौँमा प्रहरी जवान शंकास्पद अवस्थामा मृत फेला
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
कञ्चनपुरमा ढुंगाले हानेर पूर्वशिक्षकको हत्या
पोखरामा खुकुरी प्रहार गरी फरार भएका २ जना पक्राउ
पोखरामा लागुऔषध गाँजा सहित एक जना पक्राउ
ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवी नियन्त्रणमा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग