पोखरा । पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापनरत व्यवस्थापन संकायका दुई जना प्राध्यापकहरु डा. कर्णवीर पौड्याल र जनपुकार मुनन्कमीको बिदाइ गरिएको छ ।
समारोहमा दुवै प्राध्यापकहरुले पृथ्वीनारायण क्याम्पसको शैक्षिक उन्नयनका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै क्याम्पसले सम्मान गरेको हो । कार्यक्रममा प्राध्यापकद्वयलाई प्रा. डा. बेदनाथ शर्मा, कृष्णराज ढुंगाना, रामबहादुर थापा, व्यवस्थापन अनुसन्धान बिभाग प्रमूख ईन्द्र प्रसाद शर्मा, सहायक क्याम्पस प्रमुख वीरवहादुर कार्की, क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापाले खादा, ढाकाटोपी र मायाको चिनो प्रदान गरे ।
कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा.चन्द्र बहादुर थापाले पेन्सन नो टेन्सन भनेझै निवृत्त जिवन सुखमय रहने विश्वास ब्यक्त गर्दै बिदाई हुन लागेका ब्यक्तिहरुले क्याम्पसको शैक्षिक स्तरलाई माथी उकास्न खेलेको भुमिकाको प्रशंसा गरे ।
व्यवस्थापन अनुसन्धान बिभाग प्रमुख ईन्द्र प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा बिश्वबिद्यालयका पुर्व उपकुलपति प्रा.डा. केशरजंग बरालले आगामी दिनमा बिदाई कार्यक्रमलाई अनौपचारीक बनाउन सुझाव दिँदै निवृत्त जिवनलाई थप क्रियाशिल बनाउन आग्रह गरे । सहायक क्याम्पस प्रमुखद्धय वीरबहादुर कार्की र बसन्त पराजुलीले सफल र सुखी निवृत्त जिवनको शुभकामना दिए ।
दुई प्राध्यापकका जीवनीबारे पुर्व सहायक क्याम्पस प्रमुख देबीलाल शर्मा र उपप्राध्यापक बिष्णुप्रसाद अधिकारीले प्रकाश पारेका थिए । उक्त कार्यक्रमको संचालन प्राध्यापक धनेश्वर रखालले गरेका थिए ।
सम्बन्धित खबर
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए