पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनि भन्ने ठाउँमा गए राति भएको जीप दुर्घटनामा दुई बालबालिकाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । ७ वर्षीया बालिका शितल बिककाे पर्वत अस्पताल र ४ वर्षीय बालक प्रिन्स क्षेत्रीकाे पाेखरामा उपचारका क्रममा निधन भएकाे पर्वत प्रहरीले जनाएकाे छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नं. को जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको टाउको र आँखामा गम्भीर चोट लागेकाे थियाे । उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो ।
घाइतेहरु मध्ये कृष्णप्रसाद पाध्या, हिरादेवी मगर, मिनबहादुर क्षेत्री, प्रिन्स क्षेत्री, चन्द्रकला क्षेत्री, अमृत क्षेत्री र भबदत्त शर्मालाई पोखरा रिफर गरिएको थियाे। प्रिन्सकाे उपचारकै क्रममा गण्डकी मेडिकल कलेज पोखरामा ज्यान गएकाे हाे ।
दुर्घटनामा परी घाइते भएकाहरु मध्ये शौरभ विक, शान्ति विक, अम्मर विक, निशान परियारको अवस्था सामान्य रहेको छ । उनीहरुको पर्वत अस्पतालमा उपचार भएको छ ।
उकालो बाटोमा चढ्दै गरेको जीप अचानक अनियन्त्रित भई सडकबाट करिब ३०–३५ मिटर तल खसेको थियो । जीपका चालक प्रहरीको नियन्त्रणमा रहेको र जीप घटनास्थलमा सवारीधनीको जिम्मामा रहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिएका छन् । जीपकाे अकस्मात ब्रेक फेल भएकाे चालकले बताएका छन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ