पोखरा । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले संगठनको कामलाई व्यवस्थित गर्न सचिवालय गठन गरेको छ । कमिटीको दोस्रो बैठकले ७ सदस्यीय सचिवालय निर्माण गर्नुका साथै विपद् व्यवस्थापन समिति गठन गरेको हाे ।
सचिवलयमा संयोजक विकास अधिकारी, सुदीप आचार्य, दिलकाशी गुरुङ, सन्तोष पौडेल, आशा गैरे, साजन सुवेदी, मनोजमान श्रेष्ठ छन् । संयोजक विकास अधिकारीको संयोजकत्वमा ११ सदस्यीय विपद् व्यवस्थापन समिति गठन गरिएको छ ।
अधिकारीले समितिले बाढी पहिरो, भारी वर्षात लगायतका मनसुनजन्य विपद्का बेलामा राहात, उद्धारको काम गर्ने जानकारी दिए । उनका अनुसार प्रदेश कमिटीले सबै जिल्ला तथा प्रदेशको अधिवेशन भदौ महिनाभित्रमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश कमिटीका सदस्यलाई प्रदेशको ८५ पालिकामा उत्प्रेरकको रुपमा तोकेको छ ।
कार्यक्रममा नेकपा (एमाले)का स्थायी कमिटीका सदस्य खगराज अधिकारी, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे, युवा संघ नेपालका पूर्व अध्यक्ष राजीव पहारी, नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष मोहन रेग्मी, युवा संघ नेपालका उपाध्यक्ष तथा उत्प्रेरक रमेश तिवारी, महासचिव सुमन पुरी र उपमहासचिव महेन्द्र गुरुङले सम्बोधन गरेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु