यसपालि मनसुन भित्रिएपछि अहिलेसम्म ५ सय २० दशमलव ७ मिलिलिटर पानी परेको छ । मनसुनको अवधि चार महिनामा सामान्यतया देशभर १४ सय ७२ मिलिलिटर पानी पर्नु पर्छ । अहिलेसम्म यसको ३५ प्रतिशत मात्रै वर्षा भएको मौसमविद्ले बताएका छन् ।
यसपालिको मनसुन गएको जेठ ३१ गते भित्रिएको थियो । मनसुन भित्रनासाथ पूर्वी पहाडी क्षेत्रमा ठूलो वर्षा भए पनि पश्चिमी क्षेत्रमा झण्डै १० दिन ढिलो गरी सक्रिय भएको थियो । मौसमविद् प्रतिभा मानन्धरका अनुसार यसपालि अहिलेसम्म पहाडी क्षेत्रमा औसतभन्दा बढी नै वर्षा भएको छ ।
यस्तै, पूर्वी तराईमा औसत पानी परेको छ भने पश्चिम र मध्य तराईमा औसतभन्दा कम पानी परेको छ। पश्चिम र मध्य तराईमा अहिले पनि खासै पानी पर्न सकेको छैन । यसले गर्दा धान रोपाइँ प्रभावित भएको छ ।
अहिलेसम्म जनकपुरमा सबैभन्दा कम वर्षा भएको छ । जनकपुरमा यसअघिका मनसुनमा पनि कम पानी पर्ने गरेको मौसमविद् मानन्धरले बताउनुभयो । तर, यसको कारणबारे अध्ययन भएको छैन । जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मानिन्छ ।
जुन महिना सकिसकेको छ । आज जुलाईको १९ तारिख हो । यसबीचमा देशभर ३५ प्रतिशत पानी परेको छ । अझै पानी पर्ने अवधि कायमै रहेकाले औसत अनुसार पानी पर्ने नपर्ने विषयमा अहिले नै भन्न नसकिने मौसमविद् मानन्धरको भनाइ छ ।
यसअघि जल तथा मौसम विज्ञान विभागले यसपालि मनसुनमा औसतभन्दा कम पानी पर्ने अध्ययन सार्वजनिक गरेको थियो । यस्तै, आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । आज ठूलो पानी पर्ने सम्भावना खासै नरहेको मौसमविद्ले बताएका छन् ।
सम्बन्धित खबर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
तिहारमा कुन दिन, कस्तो हुनेछ मौसम ?
आठ दिन ढिला गरी देशभरबाट मनसुन बाहिरियो
आज मध्यम वर्षा, भोलि दिउँसोदेखि भारी वर्षा हुने
गण्डकी र लुम्बिनीमा भारी वर्षा, सतर्कता अपनाउन विभागको अनुरोध
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह