पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका – ८ ईन्द्रपुरी टोल बस्ने ३७ वर्षीय दिक्षित तुलाचनलाई प्रहरीले अवैध लागु सहित पक्राउ गरेको हो।
अवैध लागु औषधको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा आईतबार अन्दाजी साँझ ६ बजे लागु औषध नियन्त्रण व्युरो शाखा पोखरा, वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले तुलाचनको कोठाबाट विभिन्न परिमाणमा लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए।
विकका अनुसार प्रहरीले उनको कोठाबाट ८ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ, नुर्फिन ६७ एम्पुल, डाईजापाम ७० एम्पुल, फेनेरागन ६७ एम्पुल गरी जम्मा २०४ एम्पुल लागु औषध र नाईट्रोभ्याट ३०५ ट्याब्लेट, गाँजा ४७० ग्राम लगायत डिजिटल तराजु २ थान र मोवाईल १ थान बरामद गरेको छ।
प्रहरी नियन्त्रणमा रहेका उनीमाथि जिल्ला अदालत कास्कीबाट लागु औषध सम्बन्धी मुद्धामा ५ दिन म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रवक्ता विकले जानकारी दिए।
सम्बन्धित खबर
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु