प्रेमिकाको नग्न फोटो भिडियो सामाजिक संजाल तथा पोर्न साइटमा अपलोड गर्ने युवक पक्राउ

प्रेमिकाको नग्न फोटो भिडियो सामाजिक संजाल तथा पोर्न साइटमा अपलोड गर्ने युवक पक्राउ

मलेसियामा रहेका युवकलाई 'रेड नोटिस' जारी गरी नेपाल ल्याइयो'

arrested-1

काठमाडौं। इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरी मलेसिया गएका युवकलाई फिर्ता ल्याइएको छ। म्याग्दी जिल्लाको साविक अर्मन गाविस -२ ठेगाना भएका २७ वर्षीय प्रकाश विकलाई मलेसियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको हो ।

प्रहरीका अनुसार विकले पीडित युवतीसँग प्रेम सम्बन्धमा रहेको बेला विभिन्न बहानामा नग्न हुन बाध्य पारी रेकर्ड गरेका नग्न भिडियो तथा फोटोहरु सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने र पीडितका आफन्तलाई पठाउनुका साथै पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि युवतीकै नाममा फेक एकाउन्ट बनाई ती सामग्री पोर्न साइटमा समेत अपलोड गरेका थिए।

विकमाथि साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी गरी नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले ईन्टरपोल मलेसियाको समन्वयमा नेपाल फिर्ता ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक कारबाहीका लागि साइबर व्यूरो भोटाहिटीमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds