काँग्रेस नेता सुरेन्द्रराज पाण्डे नेतृत्वकाे गण्डकी प्रदेश सरकारकाे सय दिन पूरा भएको छ । पाण्डेले शनिबार सय दिनको उपलब्धि सार्वजनिक गरे । पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पाण्डेले ४६ बुँदे उपलब्धि सार्वजनिक गरेका हुन् ।
बजेट ल्याउनुलाई नै उनले आफ्नो सय दिने कार्यकालको मुख्य उपलब्धि मानेका छन् । मुख्यमन्त्री पाण्डेले सय दिनमा गरेको मुख्य कामको पहिलो बुदाँमै बजेट पारितलाई समेटेका छन् । मुख्यमन्त्री पाण्डेले विगतको भन्दा उत्कृष्ट बजेट ल्याएको समेत दाबी गरे । प्रदेशको नीति कार्यक्रम, बजेट, जनताको जनजिविका र प्रदेशको अधिकारका सवालमा केन्द्रित भएको बताए ।
मुख्यमन्त्री पाण्डेले अर्को महत्वपूर्ण मुख्यमन्त्रीहरुको भेलालाई प्रस्तुत गरे । गण्डकी प्रदेशले असार १५ गते प्रदेशको हक, अधिकार र कानुन निर्माणको सवालमा मजबुत बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तर प्रदेश मुख्यमन्त्री भेला गरेको थियो ।
प्रदेश सरकारले मृगौलाका बिरामीलाई पालो कुनुपर्ने झन्झटमुक्त अवस्थालाई शुन्यमा झार्न संक्रामक तथा सरुवा रोग अस्पताल कास्कीमा २५ शय्याको डायलिसिस केन्द्र सञ्चालन गरेको छ । २२ नयाँ डायलिसिस मेसिन खरिद गरेको छ । स्याङजा, पर्वत, लमजुङ, तनहुँ र नवलपुरमा २/२ वटा मेसिनबाट सेवा सुरु गर्ने तयारी भइरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए । उनका अनुसार १५ नयाँ डायलिसिस मेसिन खरिद गर्ने कार्यविधि अन्तिम चरणमा छ ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन