काँग्रेस नेता सुरेन्द्रराज पाण्डे नेतृत्वकाे गण्डकी प्रदेश सरकारकाे सय दिन पूरा भएको छ । पाण्डेले शनिबार सय दिनको उपलब्धि सार्वजनिक गरे । पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पाण्डेले ४६ बुँदे उपलब्धि सार्वजनिक गरेका हुन् ।
बजेट ल्याउनुलाई नै उनले आफ्नो सय दिने कार्यकालको मुख्य उपलब्धि मानेका छन् । मुख्यमन्त्री पाण्डेले सय दिनमा गरेको मुख्य कामको पहिलो बुदाँमै बजेट पारितलाई समेटेका छन् । मुख्यमन्त्री पाण्डेले विगतको भन्दा उत्कृष्ट बजेट ल्याएको समेत दाबी गरे । प्रदेशको नीति कार्यक्रम, बजेट, जनताको जनजिविका र प्रदेशको अधिकारका सवालमा केन्द्रित भएको बताए ।
मुख्यमन्त्री पाण्डेले अर्को महत्वपूर्ण मुख्यमन्त्रीहरुको भेलालाई प्रस्तुत गरे । गण्डकी प्रदेशले असार १५ गते प्रदेशको हक, अधिकार र कानुन निर्माणको सवालमा मजबुत बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तर प्रदेश मुख्यमन्त्री भेला गरेको थियो ।
प्रदेश सरकारले मृगौलाका बिरामीलाई पालो कुनुपर्ने झन्झटमुक्त अवस्थालाई शुन्यमा झार्न संक्रामक तथा सरुवा रोग अस्पताल कास्कीमा २५ शय्याको डायलिसिस केन्द्र सञ्चालन गरेको छ । २२ नयाँ डायलिसिस मेसिन खरिद गरेको छ । स्याङजा, पर्वत, लमजुङ, तनहुँ र नवलपुरमा २/२ वटा मेसिनबाट सेवा सुरु गर्ने तयारी भइरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए । उनका अनुसार १५ नयाँ डायलिसिस मेसिन खरिद गर्ने कार्यविधि अन्तिम चरणमा छ ।
गण्डकी-सरकारको-१००-दिन
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?