पोखरा । पोखरामा भएको निशुल्क दन्त शिविरबाट १ सय ८० जनाले स्वास्थ्य लाभ लिएका छन् । वेष्ट भ्याली डेन्टल क्लिनिक र अभियान युवा क्लबको संयुक्त आयोजनामा पोखरा ५ जिरो किमीमा भएको निशुल्क शिविरबाट उनीहरुले लाभ लिएका हुन् ।
शिविरमा धेरैको दाँतको स्वास्थ्यमा हेलचक्राई गरिएको पाइएको आयोजकले जनाएको छ । उचित परामर्श नपाउँदा पनि यस्तो हुन सक्ने शिविरमा खटिएका दन्त विशेषज्ञको आँकलन छ ।
नियमित दाँत परिक्षणले दाँत सड्न, किरा लाग्न, गिजाको समस्या र मुखको क्यान्सरलाई प्रारम्भिक चरणमा पहिचान गर्न मद्दत गर्ने हुँदा नियमित दाँतको चेकअप आवश्यक रहेको डेन्टल सर्जन सम्झना गौतमले बताइन् । साथै मानिसलाई दाँत-मुख सम्वन्धि समस्याबाट हुने दुखाईबाट बच्न र उपचारमा लाग्ने खर्चबाट जोगिन पनि नियमित चेकजाँज गर्नुपर्ने उनको भनाई छ ।
‘मुख भनेको शरीरको ऐना हो । स्वस्थ शरीरको लागि स्वस्थ मुख हुन आवश्यक छ । नियमित दन्त परिक्षणले तपाईको मुख स्वास्थ्यमा केही समस्या छ, छैन भन्ने पत्ता लगाउन मद्दत गर्छ र भविश्यमा त्यस्ता समस्या आउन सक्ने वा आइसकेमा तिनीहरुको उचित उपचारमा मद्दत मिल्छ । नियमित दन्त चेकजाँज गरौं, यसले तपाईलाई स्वस्थ पनि राख्छ भविश्यमा हुने ठुलो खर्च रकमलाई पनि जोगाउँछ ।’ गौतमले भनिन् ।
निशुल्क शिविरमा उल्लेख्य सहभागिता रहेको र धेरैले दन्त स्वास्थ्यको बारेमा जिज्ञासा व्यक्त गरेका वेष्ट भ्याली डेन्टल क्लिनिककी प्रमुख कार्यकारी अधिकृत सुभा कोइराला वाग्ले बताइन् ।
वेष्ट भ्याली क्लिनिकले दाँत, छाला तथा कपाल प्रत्यारोपणका सेवा दिँदै आइरहेको छभने अभियान युवा क्लब विगत १७ वर्षदेखि सामाजिक क्रियाकलापमा सक्रियरुपमा काम गर्दै आएको संस्था हो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन