पोखरा, २९ असार । स्वतन्त्र विद्यार्थी युनियन, पश्चिमाञ्चल क्याम्पस लामाचौरको आयोजनामा हुन लागेको राष्ट्रिय स्तरको टेक्निकल फेस्टिवलको तयारी तिव्र पारिएको छ । आगामी साउन ३ गतेदेखि ५ गतेसम्म क्याम्पस परिसरमा हुन लागेको फेस्टिवलको तयारी तिव्र पारिएको शुक्रबार आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
‘सूचना प्रविधिको प्रयोग, पूर्वाधार विकासमा बल, व्यवहारिक ईञ्जिनियरिङ शिक्षाका लागि एफएसयू टेक्निकल फेस्टिवल’ नाराका साथ भेक्टरः डाइरेक्ट योर भिजन नाम दिएर फेस्टिवल आयोजना गरिएको हो । तीन दिनसम्म चल्ने फेस्टिवलमा प्रविधिका क्षेत्रका नयाँ आविष्कार लगायत प्रविधिसँग सम्बन्धित विषयबस्तु प्रदर्शन गरिनुका साथै ईञ्जिनियरिङ विद्याका विभिन्न प्रस्तुति देखाइने स्ववियु सभापति इन्द्र पौडेलले बताए ।
‘यस फेस्टिवलको मुख्य उद्देश्य विद्यार्थीले आर्जन गरेका सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गरी नेपालको ईञ्जिनियरिङ शिक्षालाई समयानुकूल परिवर्तन र व्यवहारिक बनाउनु नै हो ।’ उनले भने – ‘विद्यार्थीको इनोभेसनलाई सिधै बजारसम्म पु¥याउने लक्ष्य हाम्रो हो । सबैको साथको अपेक्षा गरेका छौं ।’
फेस्टिवलमा प्रदर्शनका लागि स्मार्ट सिटी, क्लिन इनर्जी, पर्यटन, कृषि, शिक्षा थिममा प्रोजेक्ट प्रस्तुत गरिने संयोजक किरण तिवारीले जानकारी दिए । यस्तै इञ्जिनियरिङ विद्यार्थीका प्रोजेक्ट, रोबोट प्रदर्शन, कोड क्याम्प २०१८, दुई प्रोजेक्ट, रोबोट फुटवल प्रतियोगिता, सेमिनार, खेलकुद तथा बिबिध सांस्कृतिक कार्यक्रम पनि समावेस गरिएको संयोजक तिवारीले जनाए ।
तीन दिनसम्म सञ्चालन हुने फेस्टिवलमा विभिन्न इञ्जिनियरिङसँग सम्बन्धित कलेज, यूनिभर्सिटी, सफ्टवेयर कम्पनी, सरकारी तथा गैरसरकारी संस्थाहरुको गरी ८० बढी स्टल रहने आयोजकले जनाएको छ ।
न्यु टेक्निकल वाटर प्रुफिङ एन्ड रिहाविलेसन प्रालिको मुख्य प्रायोजनमा हुने सो फेस्टिवल सम्पन्न गर्न करिव २१ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने फेस्टिवल अवधिभर करिव २० हजार बढीले अवलोकन गर्ने संयोजक तिवारीले बताए । नेपालका उत्कृष्ट ईञ्जिनियरिङ कलेजहरुबाट सहभागिता रहने आयोजकले जनाएको छ ।
फेस्टिवलको सह प्रायोजकका रुपमा बिग एफएम १०१.२ रहेको छ भने पोखरा महानगरपालिका, गण्डकन्युज डटकम, मार्केटसंसार डटकम, प्रफेक्ट क्रियसन, नेपाल पर्यटन बोर्ड, आयुसा इन्टरनेसनल, एशियन पेन्ट, उत्साह एड्भर्ट, शिवम् सिमेन्ट, पोखरा बस व्यवसाय समिती लगायतले सहकार्य गरेका छन् ।
क्याम्पस प्रमुख सहप्राध्यापक ई. रामप्रसाद पौडेलले विद्यार्थीकै अग्रसरतामा राष्ट्रिय स्तरको यस्तो फेस्टिवल हुनु अत्यन्त सुखद् पक्ष रहेको बताए । उनले क्याम्पस प्रशासनले नजिकबाट रहेर साथ मात्र दिएको उल्लेख गर्दै विद्यार्थीलाई नै नेतृत्वमा सबल बनाउन सबै जिम्मेवारी विद्यार्थीलाई नै सुम्पिएको बताए ।
http://gandaknews.com/wrc-expo/
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’