पोखरा । वैदेशिक रोजगार मञ्च लाहाचोकको आयोजना तथा माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब लाहाचोकको समन्वयमा अग्रज, समकालीन र अनुजलाई एउटै मञ्चमा सम्मान तथा पुरस्कार अर्पण गरिएको छ ।
मञ्चले अग्रज समाजसेवी, उद्धारकर्ता, युवा खेलाडी, एसइइ उत्कृष्ट अंक ल्याउने विद्यार्थीसहित तीनपुस्तालाई एउटै मञ्चमा सम्मान तथा पुरस्कार अर्पण कार्यक्रम आयोजना गरेको हो ।
यसरी सम्मानित हुनेमा प्रत्येक वडाका एक–एक जना समाजसेवीतर्फ हिमलाल रानाभाट, भीमबहादुर थापा मगर, होमलाल भण्डारी, गंगाबहादुर सुनार, कलाधर ढकाल, देविलाल भण्डारी, गोविन्दप्रसाद अधिकारी, गणेश अधिकारी, हरिहर पौडेल रहेका थिए ।
विभिन्न घटनामा आफ्नो ज्यानसमेत जोखिममा राखेर उद्धार गर्ने रिजन केसी, शमशेर गुरुङ, डिलबहादुर थापा र खेलकुद क्षेत्रमा क्रियाशील पछिल्लो पुस्ताका खेलाडी मनिष थापालाई पनि सो अवसरमा सम्मानसहित पुरस्कृत गरिएको थियो । सोही समारोहबीच एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने महेन्द्र माविका तीन र ज्ञानज्योति बोर्डिङका एक छात्रालाई पुरस्कृत गरिएको थियो ।
सोही समारोहबीच निम्न आर्थिक अवस्था भएका वीरबहादुर मगरको उपचारका लागि १० हजार नगदसमेत मञ्चकातर्फबाट हस्तान्तरण गरिएको थियो । उनलाई यस अगाडि नै मञ्चका अध्यक्ष राजु क्षत्री अपुरोको पहलमा दुई लाख ४० हजार उपचार खर्च जुटाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक कवि क्षत्रीले जानकारी गराएका थिए ।
प्रमुख अतिथि समाजसेवी तथा शिक्षासेवी प्रा.डा. दिलबहादुर क्षत्रीले आफू इतिहासको विद्यार्थी भए पनि इतिहास खोतल्न नलाग्ने बताउँदै कार्यक्रममा बुबाहरुलाई सम्मान भन्दा पनि आशीर्वाद ग्रहण गर्न पाएको बताएका थिए । अतिथि क्षत्रीले हरेक दृष्टिकोण नै सफलताको स्रोत हुने भएकाले मैले भतिजो मानेको राजु क्षत्री अपुरो जो वैदेशिक रोजगारमा रहे पनि उसको मन, वचन, कर्म र चिन्तन हरसमय स्वदेशमा रहेकाले उसको योगदानको कदर हुनुपर्ने बताए ।
वडाध्यक्ष मधुसुदन अधिकारीले मञ्चका सेवामुखी गतिविधिबाट आफू निकै प्रभावित भएको धारणा राखेका थिए ।
कार्यक्रममा कास्की समाज अन्तर्राष्ट्रिय परिषद्का हरि ढकाल, रास्वपा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष भुपेन्द्र कुँवर, पर्यटन व्यवसायी तथा राजनीतिककर्मी विष्णु गुरुङ एकता, साहित्यकार शुभ शर्मा, लक्ष्मी थापा, कराते प्रशिक्षक एवं भारोत्तोलन राष्ट्रिय महिला खेलाडी मनिषा रानाभाटलगायतले मन्तव्य राखेका थिए ।
दिलिप रानाभाटको स्वागत मन्तव्य रहेको कार्यक्रममा कार्यक्रम संयोजक कवि क्षत्रीले मञ्च स्थापनाको उद्देश्य र गतिविधिबारे प्रकाश पारेका थिए ।
विभिन्न कवि, साहित्यकारले आफ्ना रचनावाचन, कलाकार भाइबहिनीहरुले सामुहिक तथा एकल नृत्यसमेत प्रस्तुत गरेको कार्यक्रममा अतिथिलाई सम्मान र कवि, कलाकार भाइबहिनीलाई प्रोत्साहन रकम प्रदान गरिएको थियो । कार्यक्रममा सहकार्य गरी सहयोग पुर्याएकोमा माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबलाईसमेत सम्मान गरिएको थियो ।
माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबका अध्यक्ष उमेश बाँस्तोलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन मञ्चका सहकोषाध्यक्ष सुशील श्रेष्ठले गरेका थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु