पोखरा । पोखरा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा लायन्स क्लव अफ पोखरा संस्कारले वृक्षारोपण गरेको छ। लायन्स क्लव अफ पोखरा संस्कारको आयोजनामा मंगलबार राष्ट्रिय भू–संरक्षण दिवसको पूर्वसन्ध्यामा पोखरा– १७ रोतो पहिरोस्थित पर्वतीय संग्रहालय परिसरमा वृक्षरोपण गरिएको हो ।
कार्यक्रमको लयन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालका द्वितिय भाइस गर्भनर एकनारायण शर्माले उद्घाटन गरे । उनले कार्यक्रम संयोजक गोकर्ण सुबेदीलाई विरुवा हस्तान्त्रण गर्दै क्लवले सामाजिक क्षेत्रमा गर्दै आएको कार्यहरुको प्रशंसा गरे । रोपिएका बिरुवाको संरक्षण सबैभन्दा महत्वपूर्ण भएकाले त्यसतर्फपनि ध्यान दिन उनले आग्रह गरे ।
पोखरा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले वातावरण संरक्षणमा वृक्षरोपणको महत्व रहेको उल्लेख गर्दै वृक्ष र मानवबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताइन् । क्लवले संग्रहालय परिसरको पर्यावरण हरियाली बनाउनका लागि स्थान चयन गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यका लागि आफुहरु तयार रहेको बताइन् ।
कार्यक्रममा रिजन चेयर पर्सन कृष्ण तिमिल्सिना, डिपार्टमेन्ट चिफ झम्कनाथ पोखरेल लगायतले क्लबले शिक्षा, स्वास्थ्य र मानविय क्षेत्रमा पु¥याउँदै आएको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।
क्लवका अध्यक्ष नन्दप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत क्लवका प्रथम उपाध्यक्ष श्यामकृष्ण रेग्मी, सञ्चालन सचिव बलराम शर्माले गरेका थिए । कार्यक्रममा लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एलका लिडर, क्लवका पदाधिकारी, पर्वतीय संग्रहालयका कर्मचारी लगायतले उपस्थिती थियो ।
नेपालमा हरेक वर्ष श्रावण महिनाको २४ गते राष्ट्रिय भू संरक्षण दिवस मनाउँदै आइएको छ । बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भू-क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले वि.सं. २०३१ साल साउन २४ गते भू तथा जलाधार संरक्षण विभाग स्थापना भएको सम्झना स्वरुप यस दिवसको सुरुवात भएको हो ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी