तमु (गुरुङ) समुदायले मनाउने माैलिक तथा सांस्कृतिक पर्व ट्होंटे पोखरामा मंगलबार धुमधामका साथ मनाइएको छ।
हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार मनाउने यो पर्वलाई मंगलबार पोखरामा तमु धिं नेपालले विविध कार्यक्रमको आयोजना गरी मनायो ।
ट्होटेंको अवसरमा तमु धिँ नेपालले आज पोखरा फूलबारीबाट ट्हाेंटे र्यालीसहित महेन्द्रपुल, नयाँबजार हुँदै तमु धिँ नेपालको कार्यालयमा पुगेर ट्होटें मूल समारोहमा परिणत भएको थियो ।
र्यालीमा सहभागीले गुरुङका संस्कार, संस्कृति जनाउँदै भेषभूषामा सजिएर विभिन्न नृत्य र भूत भगाउने अभिनय प्रदर्शन गरेका थिए । र्यालीमा तमुसहित अन्य जातीय समाजका प्रतिनिधिसमेत सहभागी भएको अध्यक्ष गुरुङले जानकारी दिए।
ट्होंटे पर्व बर्षमा उभाैँली र उधाैली गरी दुई पटक मनाउने प्रचलन छ। गुरुङहरुको संस्कृतिकाे निरन्तरता र युगाैँसम्म पहिचान स्थापित गर्न यो पर्व महत्वपूर्ण रहेकाे तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ बताउँछन् ।
परापूर्वकालमा तमु राज्यमा बसोबास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सीमा कटाउदै ट्हो (क्षेत्र) को संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ ।











सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो