२९ औं विश्व आदिवासी दिवस पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै २९ औं विश्व आदिवासी दिवस साउन २४ गते पोखरामा मनाउन लागेको जानकारी दिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्कीको सहआयोजनामा २९ औं विश्व आदिवासी दिवस पोखरामा यही साउन २४ गते मनाउन लागेका हो ।
नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष धर्मबहादुर गुरुङले संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आएको बताए ।
‘संयुक्त आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक अगष्ट ९ गतेको बसेको थियो, सोही दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आएका छौं’, उनले भने, ‘२९ औं विश्व आदिवासी दिवस साउन २४ गते पोखरामा पनि मनाउँदै छौं ।’
उनले विश्व आदिवासी दिवसको अवसरमा पोखरामा गण्डकी प्रदेशको विभिन्न जिल्लामा छरिएर रहेका आदिवासीहरुको कला संस्कृति सहितको झाँकी सहित दिवस मनाउने बताए ।
नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव सुजनकुमार लामाले जनजातिहरुलाई फुटाउने गरी अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिलाई छानविन गरी कारवाही गर्न माग गरे ।
‘आदिवासी जनजातिहरुलाई नै तोक घृणा फैलाउने र होच्याउने गरी षडयन्त्र पूर्वक अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई छानविन गरी कारवाही गर्न हाम्रो माग छ’, लामाले भने, ‘आदिवासी जनजातिहरुलाई फुटाउने षड्यन्त्र भए छ सरकारले छानबिन गर्नुपर्छ ।’
२९ औं विश्व आदिवासी दिवसको अवसरमा पोखराको मानवअधिकार चोकदेखि आदिवासीको आ–आफ्नो मौलिक पोशाकसहित पोखरा सभागृह झाँकी तथा ¥याली सहित औपचारिक कार्यक्रम सुरु हुने जानकारी दिएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो