काठमाण्डौ। फेसबुक अकाउन्ट ह्याक गरी नजिकका व्यक्तिहरूलाई अनलाइन वालेटमा पैसा हाल्न लगाई ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।
विभिन्न व्यक्तिहरूको फेसबुक अकाउन्ट ह्याक गरेर उक्त व्यक्तिका नजिकका साथीहरूलाई म्यासेन्जर मार्फत समस्या देखाई ईसेवा, खल्ती जस्ता वालेटमा पैसा हाल्न लगाएर ठगी गर्ने ५ जनाको समूहलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
प्रहरीका अनुसार झन्डै २२ जना पीडितहरूले आफ्नो अकाउन्ट ह्याक गरेर फ्रेन्ड लिष्टमा भएका साथीहरुलाई अज्ञात व्यक्तिले पैसा मागिरहेको भन्ने निवेदन पश्चात प्रहरीले यसबारे अनुसन्धान गरिरहेको थियो।
अनुसन्धानका क्रममा काठमाण्डौ महानगरपालिका बसपार्क स्थित ‘रेसुङ्गा बुटबल गेष्ट हाउस’मा कोठा भाडामा लिएर बसी ठगी धन्दा चलाउँदै आएका ५ जनाको समूहलाई बुधबार अन्दाजी ३ बजे पक्राउ गरेको हो। उनीहरूले विभिन्न ३० जना व्यक्तिहरूको फेसबुक आइडी ह्याक गरी १२ जनाको जिमेल आइडी प्रयोग गरेर अनेक बहाना गरी ओटिपी कोड माग्ने गरेको प्रहरीले जनाएको छ। साथै, प्रहरीले अनुसन्धानमा प्राप्त गरेको विवरण अनुसार हालसम्म १४ लाख ५८ हजारको कारोवार गरेको देखिएको पनि कार्यालयले जनाएको छ।
उनीहरुमाथि ठगि तथा विद्युतिय कारोवार ऐन २०६३ बमोजिम अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ।


सम्बन्धित खबर
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते