पोखरामा छ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको पाँच तारे होटल बाराही सेदीले आईपीओ जारी गर्ने जनाएको छ । पोखराको सेदीमा बाराही समूहले निर्माण गरिरहेको होटलको १० प्रतिशत शेयर आईपीओमा जाने योजना समूहले बनाएको छ ।
होटलको ५१ प्रतिशत शेयर बाराही समूहको रहेको छ बाँकी ४९ प्रतिशतमध्ये छ भने ३९ प्रतिशत प्रमोटर शेयर सङ्कलन भइरहेको बाराही समूहका निर्देशक योगेन्द्र थापाले जनाएका छन् । बाराही सेदी लिमिटेडले गएकाे मङ्सिरदेखि न्यूनतम १० लाख रुपैयाँबाट प्रमोटर शेयर लिन शुरु गरेको हो ।
हालसम्म करिब २ सय जनाले कम्पनीको २३ प्रतिशत प्रोमोटर सेयर लिइसकेका छन् भने बाँकी १६ प्रतिशतका लागि लगानी गर्न खुल्ला रहेको उनले बताए।
होटल निर्माणकाे ४६ प्रतिशत काम सम्पन्न भएको छ । क्यासिनोसमेत रहने होटलमा १२ सय जना क्षमताको सभाहल निर्माण हुँदैछ । सन् २०२६ देखि सञ्चालनमा ल्याउने योजना रहेको यस लक्जरी रिसोर्टमा हुने सभाहल नेपालकै सबैभन्दा ठूलो बन्ने बताएको छ । होटल ६३ रोपनी क्षेत्रफलमा फैलिएको छ। बाराही समूहले अहिले पोखरा, सराङकोट, सौरह र काठमाण्डौमा होटल चलाइरहेको छ ।
पोखराको लेकसाइडमा बाराही हस्पिटालिटीका संस्थापक हरिप्रसाद पौडेल र बसन्ती पौडेलले १० कोठासहित प्याराडाइज गेस्ट हाउस सुरु गरेका थिए। सोही होटलमा पछि सुविधा थप गरी सन् १९९१ मा होटल बाराही नामकरण गरिएको हो।
पौडेलका छोराहरू विप्लव र वैभवसँगै दुई दशकभन्दा लामो समयदेखि योगेन्द्र थापासहितको टिमले बाराही ग्रुप अगाडि बढाउँदै आएका छन्। छोरा विप्लवको उच्च भिजनसहितको नेतृत्वले बाराही हस्पिटालिटी अहिले अगाडि बढिरहेको छ।
यस्तै, ग्रुपले पोखरामा व्यञ्जन रेस्टुरेन्ट र द बिच बार एन्ड लजसमेत सञ्चालन गरिरहेको छ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
सहकारीले अब ऋण दिँदा १३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै, Deepal Showroom बाट ४ दिनसम्म टेस्ट ड्राइभ गर्न पाइने
ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन