पोखरा । पोखरा नदिपुरस्थित प्रतिभा माविका विद्यार्थी शनिबार महतगौंडा स्थित पोखरा वृद्धाश्रम पुगे । हजुरबुवा हजुरआमालाई नचाए । र, आफ्नो खाजा खर्च कटाएर बचत भएको रकमले किनेका सामाग्री हस्तान्तरण गरे । सन्तुष्ट मन लिएर फर्किए ।
विद्यालयमा गठित क्रियटिभ माइण्डस् क्लबका विद्यार्थीले मानवीय सेवाको कार्य गरी पुण्य मिलेको महसुस गरेका छन् । क्लबका अध्यक्ष सिद्धान्त खनालका अनुसार विद्यार्थीहरुले बचत गरेको ७० हजार रुपैंया बराबरको फलफूल, खाद्यान्न, कपडा लगायतका आवश्यक सामाग्री किनेर वृद्धाश्रमलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थी केन्द्रित गतिविधि गर्दै आइरहेको क्लबले सामाजिक भावले ओतप्रोत भई आज ज्येष्ठ नागरिक भइसक्नुभएका आमाबाबाको लागि सहयोग गर्ने भावना जागृत भएको देख्दा अत्यन्त हर्षविभोर बनेको बताए । विद्यालयले संस्थागत रुपमै अबका वर्षदेखि वार्षिक २५ हजार रुपैंया वृद्धाश्रममा प्रदान गर्ने घोषणासमेत प्राचार्य सापकोटाले गरे ।

विद्यार्थीहरुले बृद्धा बाआमासँग आशिर्वाद लिँदै मनोरञ्जन समेत आदान प्रदान गरे । गीतमा बृद्ध बाबाआमा र विद्यार्थीहरु एकसाथ नाचेर खुशी बाँडेका थिए ।

वृद्धाश्रमका सञ्चालक सदस्य धर्मराज रेग्मीले वृद्धाश्रमका बारेमा विद्यार्थीहरुलाई अवगत पनि गराए । हाल वृद्धाश्रममा २६ जना आमाहरु र २२ जना बुवाहरु आश्रित रहेको उनले जनाए ।
क्रियटिभ माइण्डस् क्लब, प्रतिभा माविले गण्डकी प्रदेश स्तरीय साइन्स क्वीज, वक्तृत्वकला प्रतियोगिता, ट्राफिक सचेतना लगायतका अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन गरिसकेको छ ।



सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो