पोखराकी मोनिका थापा ‘गोल्डेन ग्लोवल आइकोनिक अवार्ड–२०२३’ बाट मलेशियामा सम्मानित भएकी छन् । जोण्टा क्लव अफ पोखराकी अध्यक्ष थापालाई युनिभर्सिटी कलेज माविप इन्टरनेशनल र फार्मासेटिकल रोयल इन्टरनेशनल सोसाइटी मलेशियाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमका विच सम्मान गरिएको हो ।
हिमालयन हाइड्रोपावर लिमिटेड, सुपर घलेम्दी हाइड्रोपावर प्रालि तथा पोखरा मण्टेश्वरी किण्डर होम नेपालका निर्देशक समेत रहेकी थापालाई शैक्षिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको मुल्याङ्कन गर्दै उक्त समारोहमा सम्मान गरिएको हो ।
थापालाई युनिभर्सिटी कलेज माविप इन्टरनेशनलका भाइस चान्सलर डा.भान,थाइल्याण्डका पूर्व गर्भनर डा.यानाकोर्न, प्रिजल फाउण्डेशनका प्रेसिडेण्ट प्रिति ताग्रे, टर्कीका डा.निजम लगायतले अवार्ड प्रदान गरे । थापासंगै विभिन्न क्षेत्रमा योगदान पुर्याएका अन्य दश राष्ट्रका व्यक्तित्वहरुलाई पनि सोहि समारोहमा सम्मान गरिएको थियो ।

सम्मानित थापाले यो अवार्डले शैक्षिक तथा सामाजिक क्षेत्रमा लाग्न थप हौसला मिलेको बताइन् । साथै, आफूलाई योग्य सम्झिएर यो अवार्ड प्रदान गरेकोमा आयोजक समितिलाई धन्यवाद ज्ञापन गरिन् ।
सम्बन्धित खबर
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला