पोखराकी मोनिका थापा ‘गोल्डेन ग्लोवल आइकोनिक अवार्ड–२०२३’ बाट मलेशियामा सम्मानित भएकी छन् । जोण्टा क्लव अफ पोखराकी अध्यक्ष थापालाई युनिभर्सिटी कलेज माविप इन्टरनेशनल र फार्मासेटिकल रोयल इन्टरनेशनल सोसाइटी मलेशियाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमका विच सम्मान गरिएको हो ।
हिमालयन हाइड्रोपावर लिमिटेड, सुपर घलेम्दी हाइड्रोपावर प्रालि तथा पोखरा मण्टेश्वरी किण्डर होम नेपालका निर्देशक समेत रहेकी थापालाई शैक्षिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको मुल्याङ्कन गर्दै उक्त समारोहमा सम्मान गरिएको हो ।
थापालाई युनिभर्सिटी कलेज माविप इन्टरनेशनलका भाइस चान्सलर डा.भान,थाइल्याण्डका पूर्व गर्भनर डा.यानाकोर्न, प्रिजल फाउण्डेशनका प्रेसिडेण्ट प्रिति ताग्रे, टर्कीका डा.निजम लगायतले अवार्ड प्रदान गरे । थापासंगै विभिन्न क्षेत्रमा योगदान पुर्याएका अन्य दश राष्ट्रका व्यक्तित्वहरुलाई पनि सोहि समारोहमा सम्मान गरिएको थियो ।

सम्मानित थापाले यो अवार्डले शैक्षिक तथा सामाजिक क्षेत्रमा लाग्न थप हौसला मिलेको बताइन् । साथै, आफूलाई योग्य सम्झिएर यो अवार्ड प्रदान गरेकोमा आयोजक समितिलाई धन्यवाद ज्ञापन गरिन् ।
सम्बन्धित खबर
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’