पोखरा । लायन्स क्लब युनाइटेड चौतारीको पदस्थापन तथा चार्टर नाइट कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथी डिस्ट्रीक गभर्नर ला. हरि प्रसाद मरहट्ठाले युनाइटेड चौतारी डिष्ट्रिकमा अब्बल क्लब रहेको र डिष्ट्रिकलाई हाक्न सक्ने क्षमता यस क्बलमा रहेको वताउदै क्लबका सदस्यहरु प्रति आभार ब्यक्त गरे ।
उक्त कार्यक्रममा PDG ला. धुर्ब ब थापा, IPDG ला. धुर्ब श्रेष्ठ, 1st VDG ला. मिलन थापा, PMCC PDG ला. प्रेम बहादुर श्रेष्ठ, चिफ एड्भाइजर ला. प्रजापति बास्तोला, को चिफ एड्भाइजर ला. कृष्ण प्रसाद शर्मा, रिजन चियर पर्सन ला. सूर्य बराल लगायतले शुभकामना मन्तब्य राखेका थिए । उक्त कार्यक्रममा ला. नरहरी पनेरुले आफ्नो कार्यकालमा भएका सामाजिक कार्यहरु तथा डिष्ट्रिकलाई पु¥याएको योगदानको बारेमा चर्चा गर्दै आफ्नो एक वर्षे कार्यकालमा सहयोग गर्ने साथीहरुलाई सम्मान ब्यक्त गर्दै अवार्ड समेत वितरण गरेका थिए ।
वर्ष 2023-2024का अध्यक्ष ला. एकनारायण गौतमले हाल सम्म क्लबले गरेका र भावी कार्यक्रमको बारेमा चर्चा गर्दै BSF र NLF तर्फको चेक हस्तान्तरण गरेका थिए । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपाल अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीको वर्ष 2022-2023 का अध्यक्ष ला. नरहरी पनेरुको अध्यक्षतामा पहिलो सत्र तथा वर्ष 2023-2024 का क्लब अध्यक्ष ला. एकनारायण गौतमको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक ला. राजु श्रेष्ठ र धन्यवाद मन्तब्य क्लबका संस्थापक अध्यक्ष ला. बालाकृष्ण शर्माले राखेका थिए ।
डिष्ट्रिक जे अन्तर्गतका डिष्ट्रिक पदाधिकारी तथा सबै क्लबका अध्यक्षहरु सहभागी कार्यक्रमको सञ्चालन वर्ष 2022-2023 का सविच ला. शुसिल थापा र वर्ष 2023-2024 का सचिव ला. इश्वर शर्माले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
राजनीति र व्यवसायसँगै कृषिमा रमाउँदै पूर्ववडाध्यक्ष अधिकारी
कालीगण्डकी गोल्डकप : होराइजन र ज्योतिपुञ्ज सेमिफाइनलमा
कालीगण्डकी गोल्डकपमा आज चापाकोट र होराइजन तथा ज्योतिपुञ्ज र भदौरे भिड्दै
कालीगण्डकी गोल्डकपमा पोखरा र गोरखा सेमिफाइनलमा
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ