गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
महेन्द्र जिसी, पर्वत । बर्षासँगै झरेको पहिरोले घर पुरिँदा पर्वतमा १ जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते भएका छन् । जलजला गाउँपालिका ८ स्थित लस्ती बेरनेतामा पहिरो खस्दा १६ वर्षीय विकास परियारको मृत्यु भएको हो ।
१ तले कच्ची घरले पुरेर उनको मृत्यु भएको पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । पहिरोले गाउँका १६ घर जोखिममा परेका छन् । जोखिममा परेका घर सदस्यलाई उद्धार गरी सुरक्षित ठाउँमा लगिएको छ ।
जलजला गाउँपालिका–७, धाइरिङ बास्कोटमा पहिरोले घर पुरिँदा ३ जना घाइते भएका छन् । स्थानीय भीमलाल आचार्यको घर पुरिँदा आचार्यसहित ३ जना गम्भीर घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि धवलागिरी अञ्चल अस्पतालमा पठाइएको छ ।
घटनाको खबर पाएलगत्तै प्रहरी चौकी मिलनचोकबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
सम्बन्धित खबर
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
कोरोला नाकामा पहिलो पटक बत्ती बल्यो
गण्डकी मुख्यमन्त्री अधिकारीले २३ गते ३ बजे विश्वासको मत लिँदै
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
कुश्मा वडा नं. २ मा ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम प्रभावकारी
स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग