पोखरा । पुष्पलाल मध्यपहाडी राजमार्गको पोखरा १६/१९को रेखांकन परिवर्तन गर्न माग राखी आन्दोलन गरिरहेको पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना पिडित संर्घष समितिले गण्डकी प्रदेशका मुखयमन्त्री सुरेन्द्र पाण्डे समक्ष ज्ञापन पत्र पेश गरेको छ ।
पटक पटक आन्दोलन गर्दा पनि आफ्ना मागमा सुनुवाई नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गरिएको समितिका अध्यक्ष गोविन्द बहादुर बस्नेतले जानकारी दिए । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले पिडितका मागप्रति आफु सकारात्मक रहेको बताउँदै, मागका विषयमा केन्द्र सरकारसँग कुरा राख्ने बताए । उनले प्रदेश सरकारले यस विषयमा निर्णय गर्न नमिल्ने स्पष्ट पार्दै, जनतालाई समस्या पार्ने गरी कुनै काम गर्न नहुने बताए ।
ज्ञापनपत्र बुझाउँदै समितिका अध्यक्ष वस्नेतले सोही रेखांकन अनुरुप काम शुरु भएमा पोखरा १६ र १९का करिव ३ सय घरधुरी उठिवास लाग्ने, प्राकृतिक गुफाको रुपमा विश्वभर परिचित महेन्द्र र चमेरे गुफा संकटमा पर्ने तथा सरकारी र निजी विद्यालय नै मासिने स्पष्ट पारे । ज्ञापनपत्रमा पोखरा १६/१९को गलत रेखांकन हटाउने काम गरी विकल्पको व्यवस्थापन तर्फ लगिएमा लामो समय देखि अनाहकमा मानसिक पिडा खेप्दै सर्घषरत स्थानिय पिडितहरुले न्याय पाउने र पिडा मुक्त हुने तथा यो क्षेत्रका विविध राष्टिय समपदाको दिगो संरक्षणको सुनिश्चितता हुने भनिएको छ ।
पिडितहरुले यसअघि वडा कार्यालय घेराउ तथा तालावन्दी, महानगर घेराउ लगायतका विभिन्न कार्यक्रम सम्पन्न गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन