पोखरा । पुष्पलाल मध्यपहाडी राजमार्गको पोखरा १६/१९को रेखांकन परिवर्तन गर्न माग राखी आन्दोलन गरिरहेको पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना पिडित संर्घष समितिले गण्डकी प्रदेशका मुखयमन्त्री सुरेन्द्र पाण्डे समक्ष ज्ञापन पत्र पेश गरेको छ ।
पटक पटक आन्दोलन गर्दा पनि आफ्ना मागमा सुनुवाई नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गरिएको समितिका अध्यक्ष गोविन्द बहादुर बस्नेतले जानकारी दिए । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले पिडितका मागप्रति आफु सकारात्मक रहेको बताउँदै, मागका विषयमा केन्द्र सरकारसँग कुरा राख्ने बताए । उनले प्रदेश सरकारले यस विषयमा निर्णय गर्न नमिल्ने स्पष्ट पार्दै, जनतालाई समस्या पार्ने गरी कुनै काम गर्न नहुने बताए ।
ज्ञापनपत्र बुझाउँदै समितिका अध्यक्ष वस्नेतले सोही रेखांकन अनुरुप काम शुरु भएमा पोखरा १६ र १९का करिव ३ सय घरधुरी उठिवास लाग्ने, प्राकृतिक गुफाको रुपमा विश्वभर परिचित महेन्द्र र चमेरे गुफा संकटमा पर्ने तथा सरकारी र निजी विद्यालय नै मासिने स्पष्ट पारे । ज्ञापनपत्रमा पोखरा १६/१९को गलत रेखांकन हटाउने काम गरी विकल्पको व्यवस्थापन तर्फ लगिएमा लामो समय देखि अनाहकमा मानसिक पिडा खेप्दै सर्घषरत स्थानिय पिडितहरुले न्याय पाउने र पिडा मुक्त हुने तथा यो क्षेत्रका विविध राष्टिय समपदाको दिगो संरक्षणको सुनिश्चितता हुने भनिएको छ ।
पिडितहरुले यसअघि वडा कार्यालय घेराउ तथा तालावन्दी, महानगर घेराउ लगायतका विभिन्न कार्यक्रम सम्पन्न गरेका थिए ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ