किरण श्रेष्ठ, तनहुँ । चलचित्र ‘चि मुसी ची’को प्रचारका क्रममा यसको निर्माण यूनिटले तनहुँको दमौलीमा भव्य कन्सर्ट गरेको छ । बुधबार साँझ दमौली बजारमा आयोजना गरिएको कन्सर्टमा दर्शकको बाक्लो उपस्थिती रहेको थियो ।
पूर्वी नेपालका विभिन्न शहरमा कन्सर्ट गरेपछि चलचित्रको टोली दमौली आइपुगेको हो । कन्सर्टमा चलचित्रकी मुख्य नायिका अलिशा शर्माले माहोल तताएकी थिइन । चलचित्रमा समावेश ४ गीतमा यसका मुख्य कलाकार अलिशा शर्मा, सुनिल क्षेत्री, सुशान्त कार्कीले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा नेपाल आइडलकी टप ५ प्रतियोगि तथा चलचित्रको शिर्ष गितकी गायिका सुजाता पाण्डेले समेत धमाकेदार प्रस्तुति प्रस्तुत गरेकी थिइन । कार्यक्रम व्यवस्थापन लियो क्लब अफ तनहुँ र तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले गरेका थिए ।
प्रचारको लागि कलाकार लिएर निर्माण युनिट सांगीतिक टुर सहितको देश दौडाहामा निस्किनु कुनै नौलो होइन । त्यसरी देश दौडाहामा निस्किएका मध्य कमै युनिटले धमाकेदार सांगीतिक टुर गर्ने गरेका छन् । मोफसलको टुरमा निस्किएको चलचित्र ‘चि मुसी चि’ युनिटले भने देशको विभिन्न स्थानमा राम्रो कन्सर्ट गरिसकेको छ । पूर्वी नेपालको विर्तामोडबाट सुरु भएको कन्सर्ट बुधबार दमौलीमा समेत आयोजना गरिएको हो । कन्सर्टमा हजारौँ दर्शकको उपस्थिती रहेको थियो ।

‘डान्स इन्डिया डान्स सिजन ४’बाट चर्चा कमाएका सुनिल क्षेत्री र एमटिभी स्पिटभिल्लामा सहभागी अलिशा शर्माको समेत सहभागीता रहेको कन्सर्टमा दर्शकले नृत्यको भरपुर मज्जा लिएका छन् । नायिका शर्माले आफ्नो हट नृत्यबाट दमौली तताएकी हुन् । बुधबार साँझ दमौली बजारमा आयोजना गरिएको एक भव्य कन्सर्टमा मुख्य आकर्षणको केन्द्र नै उनी बन्न पुगिन् । साँझ पर्दै गर्दा बढ्दै गरेको रातमा उनको नृत्य देखेर दर्शक रमाएका थिए । कार्यक्रममा सहभागी दर्शकले चलचित्र प्रचारमा युनिटले अहिले सम्मकै धेरै मनोरञ्ज दिएको प्रतिक्रिया दिए । विर्तामोड, धरान, हरिवन, हेटौँडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरामा कार्यक्रम गरिसकेको निर्माता शिवराज कार्कीले बताए ।
करिब १ करोडको लगानीमा बनेको चलचित्र सबै वर्गले हेर्न मिल्ने बनाइएको दमौलीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्माता शिवराज कार्कीले बताए । ११ श्रावणबाट देशैभर रिलीजमा आउने ‘चि मुसी चि’ अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्मातारहेका छन् । शिवराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रका अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । चलचित्रमा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याल लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो