किरण श्रेष्ठ, तनहुँ । चलचित्र ‘चि मुसी ची’को प्रचारका क्रममा यसको निर्माण यूनिटले तनहुँको दमौलीमा भव्य कन्सर्ट गरेको छ । बुधबार साँझ दमौली बजारमा आयोजना गरिएको कन्सर्टमा दर्शकको बाक्लो उपस्थिती रहेको थियो ।
पूर्वी नेपालका विभिन्न शहरमा कन्सर्ट गरेपछि चलचित्रको टोली दमौली आइपुगेको हो । कन्सर्टमा चलचित्रकी मुख्य नायिका अलिशा शर्माले माहोल तताएकी थिइन । चलचित्रमा समावेश ४ गीतमा यसका मुख्य कलाकार अलिशा शर्मा, सुनिल क्षेत्री, सुशान्त कार्कीले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा नेपाल आइडलकी टप ५ प्रतियोगि तथा चलचित्रको शिर्ष गितकी गायिका सुजाता पाण्डेले समेत धमाकेदार प्रस्तुति प्रस्तुत गरेकी थिइन । कार्यक्रम व्यवस्थापन लियो क्लब अफ तनहुँ र तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले गरेका थिए ।
प्रचारको लागि कलाकार लिएर निर्माण युनिट सांगीतिक टुर सहितको देश दौडाहामा निस्किनु कुनै नौलो होइन । त्यसरी देश दौडाहामा निस्किएका मध्य कमै युनिटले धमाकेदार सांगीतिक टुर गर्ने गरेका छन् । मोफसलको टुरमा निस्किएको चलचित्र ‘चि मुसी चि’ युनिटले भने देशको विभिन्न स्थानमा राम्रो कन्सर्ट गरिसकेको छ । पूर्वी नेपालको विर्तामोडबाट सुरु भएको कन्सर्ट बुधबार दमौलीमा समेत आयोजना गरिएको हो । कन्सर्टमा हजारौँ दर्शकको उपस्थिती रहेको थियो ।

‘डान्स इन्डिया डान्स सिजन ४’बाट चर्चा कमाएका सुनिल क्षेत्री र एमटिभी स्पिटभिल्लामा सहभागी अलिशा शर्माको समेत सहभागीता रहेको कन्सर्टमा दर्शकले नृत्यको भरपुर मज्जा लिएका छन् । नायिका शर्माले आफ्नो हट नृत्यबाट दमौली तताएकी हुन् । बुधबार साँझ दमौली बजारमा आयोजना गरिएको एक भव्य कन्सर्टमा मुख्य आकर्षणको केन्द्र नै उनी बन्न पुगिन् । साँझ पर्दै गर्दा बढ्दै गरेको रातमा उनको नृत्य देखेर दर्शक रमाएका थिए । कार्यक्रममा सहभागी दर्शकले चलचित्र प्रचारमा युनिटले अहिले सम्मकै धेरै मनोरञ्ज दिएको प्रतिक्रिया दिए । विर्तामोड, धरान, हरिवन, हेटौँडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरामा कार्यक्रम गरिसकेको निर्माता शिवराज कार्कीले बताए ।
करिब १ करोडको लगानीमा बनेको चलचित्र सबै वर्गले हेर्न मिल्ने बनाइएको दमौलीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्माता शिवराज कार्कीले बताए । ११ श्रावणबाट देशैभर रिलीजमा आउने ‘चि मुसी चि’ अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्मातारहेका छन् । शिवराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रका अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । चलचित्रमा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याल लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?