तनहुँ । जिल्ला अदालत तनहुँबाट फैसला भई कैद संजाय तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका प्रतिवादीहरु लाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरि फैसला कार्यन्वयन गर्ने सिलसिलामा फरार रहेका प्रतिबादीहरुलाई अदालतको फैसला अनुसारको दण्ड जरिवाना र कैद भुक्तानको लागि पक्राउ गरेको हो ।
यसरि पक्राउ पर्ने फरार प्रतिबादीहरुमा पुनराबेदन अदालत पोखराको २०७१ असोज २६ गतेको फैसलाले ६ वर्ष कैदको ठहर भएको व्यास नगरपालिका वडा नं. २ पदमचोक बर्ष ३९ को रोशन भन्ने राजिन श्रेष्ठ त्यस्तै जिल्ला अदातल तनहुँको २०७२ साउन २६ गतेको फैसलाले १ बर्ष कैद १० हजार रुपैया जरिवाना ठहर भएको म्याग्दे गाँउपालिका वडा नं.३ बस्ने बर्ष २५ भक्त बहादुर बि.क. र जिल्ला अदातल तनहुँको २०६७ माघ १२ गते भएको ४५ दिन कैद र १ लाख ६१ हजार २५० रुपैया जरिवाना ठहर भएको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ बस्ने बर्ष ४० का लक्ष्मण लामा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
विहिबार तनहुँ जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले तोकिएको जरिवाना असुल उपर गरी कैद भुक्तानको लागि उनिहरुलाई थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्ल जानकारी दिए ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?