लमजुङ । ७६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको फरार आरोपित १ जना पुरुषलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।
जंगलमा लुकिछिपि बसेको अवस्थामा आरोपित राईनास नगरपालिका-६ बस्ने ५० वर्षीय बाबुराम सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
सार्कीमाथि राति घरमा एक्लै सुतिरहेको आवस्थामा शारीरिकरुपमा कमजोर भएकी वृद्धालाई जबर्जस्ती करणी गरेको आरोप छ । गत भदौ १५ गते करणी भएको भन्दै महिलाले हारगुहार गरेपश्चात् घटनास्थलबाट फरार भएका सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले वताए ।
मंगलबार पक्राउ गरिएका उनलाई जिल्ला अदालतमा लमजुङबाट बिहीबार पहिलो पटक ५ दिनको म्याद थप लिई जबर्जस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुवेदीले वताए ।
सम्बन्धित खबर
गोरखामा पौडी खेल्ने क्रममा डुबेर २ किशोरको मुत्यु
‘अपाङ्गता भएकाको सामाजिक सुरक्षाको अवस्था कमजोर’
सञ्चालकहरूको लापरवाहीको शिकार सहकारी अभियान बन्योः मुख्यमन्त्री अधिकारी
पोखरा १२ का सामुदायिक विद्यालयहरुमा संस्कार शिक्षा पाठ्यक्रम लागू
बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन हुने
पोखरा ७ पूर्णखोप सुनिश्चित घोषणा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग