पोखरा । नेकपा (एमाले) धादिङ–पोखरा सम्पर्क मञ्चको अध्यक्षमा गोकर्ण अधिकारी चयन भएका छन् ।
मञ्चको शनिबार भएको १२ औं साधारणसभा तथा छैटौं अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । मञ्चको वरिष्ठ उपाध्यक्षमा रामकुमार घिमिरे, उपाध्यक्षमा यर्मीला तामाङ्ग र योगप्रसाद सापकोटा (नवराज) चुनिए ।
यस्तै, सचिवमा रामप्रसाद दुवाडी, सहसचिवमा कमल सापकोटा, विष्णुमाया श्रेष्ठ, आर्थिक विभाग प्रमुखमा मनोज विशुन्के चयन भएका छन् ।
मञ्चको कार्यसमिति सदस्यमा सीता ढकाल कोइराला, टिकाराम अधिकारी, शरण रिजाल, बेलबहादुर तामाङ्ग, रामप्रसाद नेपाल, नमराज लामिछाने, सावित्री बराइली, रमेश भट्ट, निरमाया तामाङ्ग, रामहरि सारु मगर रहेका छन् ।
नवराज दुवाडी संयोजक, वीरबहादुर थापा र कृष्णबहादुर लम्सालल सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।
यसअघि अधिवेशनको उट्घाटन नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गरेका थिए । कार्यक्रममा विशेष अतिथि एमाले बागमती प्रदेश सचिवालय सदस्य एवं पूर्व प्रदेश राज्यमन्त्री डा. रामकुमार अधिकारी, एमाले धादिङका उपाध्यक्ष एवं संविधानसभा सदस्य धन बहादुर घले, एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, जिल्ला कमिटि धादिङ सदस्य चन्द्रकुमारी अधिकारी, मञ्चका संस्थापक अध्यक्ष कृष्णबहादुर लम्साल, मञ्चका पूर्व अध्यक्ष बेनी पाठक लगायतले बोलेका थिए ।

मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीको अध्यक्षतामा भएको साधारणसभामा सचिव सरोज कुँवरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष योगप्रसाद सापकोटा (नवराज)ले स्वागत गरेका थिए ।
उक्त अवसरमा मञ्चद्वारा आयोजित विभिन्न कार्यक्रमका संयोजकहरुलाई सम्मान पनि गरिएको थियो । निवर्तमान अध्यक्ष वीरबहादुर थापा, रक्तदान कार्यक्रम संयोजक यार्मिला तामाङ, क्यालेण्डर प्रकाशन संयोजक हरिकृष्ण श्रेष्ठ, न्यानो कपडा वितरण अभियान संयोजक मिलन सुनारलाई सम्मान गरिएको थियो ।
यस्तै, नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा धादिङ घर भई पोखरामा स्थायी वा अस्थायी बसोबास गर्दै आएका चेलीबेटीबीच भेटघाट कार्यक्रम पनि सम्पन्न भयो ।



सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु