नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, जिल्ला कमिटी कास्कीले तीज विशेष खुल्ला नृत्य प्रतियोगिता कार्यक्रम गर्ने भएको छ ।
कमिटिले यहि भाद्र २९ गते पोखरा-६ लेकसाइड स्थित तालबाराही मा.वि. प्रांगणमा नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
‘अनेरास्ववियुको आव्हान क्रियाशिल महिलाहरुको सम्मान, समाज परिवर्तनमा साँस्कृतिक रुपान्तरण हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा प्रथम पुरस्कार १०,००० हजार र द्धितिय पुरस्कार ५,००० हजार व्यवस्था गरिएको अनेरास्ववियु कास्की प्रचारप्रसार विभाग प्रमुख विशाल बाबु क्षेत्रीले जानकारी दिए ।
प्रतियोगितामा कास्की जिल्ला भित्रका विभिन्न बिद्यालय तथा क्याम्पसका बिद्यार्थीहरुको सहभागिता साथै स्थानीय अतिथी कलाकारहरूको बेजोड प्रस्तुति पनि रहने बताइएको छ । कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन कार्यक्रमको तयारी तिव्र पारिएको क्षेत्रीले बताए ।
प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतियोगी समुहले भाद्र २८ गते सम्म आफ्नो समूहको दर्ता गरिसक्नुपर्ने आयोजक कमिटीले ले जानकारी गराएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह