काठमाडौँ । त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालयको आजबाट ठप्प हुने भएको छ ।
सो भन्सारमा कार्यरत कर्मचारीले सामुहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनवाई नभए पछि आजबाट भन्सार ठप्प पार्न लागेका हुन् ।
सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँच पास शाखामार्फत हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण कार्य बन्द गर्ने भएका हुन् । आज पनि माग सम्बोधन नभए मंगलबार कार्गो शाखाका सबै काम बन्द गर्ने घोषणा गरिएको छ ।
उनीहरुले आइतबार तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक विरोध सुरु गरेका थिए । भदौ २७ गतेसम्म पनि माग सम्बोधन नगरेमा पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने विमानस्थलका कर्मचारीले अग्रिम जानकारी गराएका छन् ।
६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरू धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरूको आरोप छ । जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा माग गरेका थिए । तर, आफ्नो माग दुई साता लागिसक्दा पनि सुनुवाई नभए पछि आइतबारबाट उनीहरु आन्दोलनमा उत्रेका हुन् ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु