तनहुँ । तनहुँको घाँसीकुवाबाट जिल्ला प्रहरी कार्यालय तनहुँले ठुलो परिमाणको नगद सहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले ब्यास नगरपालिका वडा नम्बर १२ घाँसिकुवाको रिसिङ भिमाद होटल एण्ड लजबाट जुवाडेहरुलाई पक्राउ गरेको हो । विहीबार रातीदेखि लगातार रुपमा ठुलो परिमाणको नगद सहितको धनमाल बाजी राखेर हार जित हुने गरी जुवा तास खेल हुदै गरेको भन्ने गोप्य सुचना प्राप्त भए पछी उक्त लजबाट शुक्रबार बिहान उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी सुनिल मल्लले जानकारी दिए ।
यसरि पक्राउ पर्नेहरुमा तनहुँको रिसिङ गा.पा. ७ स्थायी घर भई हाल ब्यास न.पा. १२ घाँसिकुवामा रिसिङ भिमाद होटल एण्ड लज संचालन गरी बस्ने बर्ष ३५ का जुवा खेलाउने सुनिल श्रेष्ठ, ब्यास नगरपालिका वडा नं. ११ बस्ने बर्ष ३९ का जुवा खेल्ने प्रेम बहादुर अधिकारी, ब्यास नगरपालिका वडा नं. १२ बस्ने बर्ष ३६ का जुवा खेल्ने प्रज्वल मल्ल, ब्यास नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३६ का जुवा खेल्ने देब नारायण श्रेष्ठ र ब्यास नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३२ का गोबिन राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तनहुँ प्रहरीले शुक्रबार बिहान साढे ८ बजेको उक्त होटलमा घेरा हाली होटल खानतलासी लिदां होटलको कोठा भित्र जुवा तास खेल खेली खालमा भिस्टिङ उठाउने डब्बामा राखेको अबस्थामा उक्त नगद बरामद गरेको हो । जुवा खालबाट नगद १ लाख ४२ हजार रुपैया सहित जुवा खालबाट तास १५६ पत्ती पक्राउ गरेको प्रहरीले जनाएको छ ।
साथै जुवा खालमा रहेका होटल संचालक सहित ५ जना ब्यक्तिहरुलाई फेला पारी उक्त नगद सहितको धनमाल बरामद गरेर उनि ब्यक्तिहरुलाई पक्राउ गरी जिल्ला अदातल तनहुँमा उपस्थित गराई म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन