दाह्री पाल्ने र यसप्रति सौख हुनेहरु संगठित भएर सामाजिक सञ्जाल फेसबुकमा बनेको समूह ‘दाह्री ग्याङ’ पोखराका सदस्यहरुले फेवाताललाई कुरुप बनाएको जलकुम्भि झार पन्छाएर सरसफाई गरेका छन् ।

शनिबार बिहान आयोजित सरसफाई कार्यक्रमबाट करीब ३० ट्रक जलकुम्भी झार निकालिएको थियो । १ सय बढीको सहभागितामा बाराहीघाटबाट मत्स्य अनुसन्धानसम्म करीब ७ सय मिटर क्षेत्रमा सरफाई गरिएको आयोजकले जनाएको छ । बिहान ७ बजेदेखि सुरु भएको सफाई अभियान मध्यान्ह १२ बजेसम्मै चलेको थियो ।

फेवाताल संरक्षणका लागि भन्दै दर्जनौं एनजिओ, आइएनजिओ सक्रिय हुने, करोडौं रकम सकिने, राज्यले ध्यान दिन नसकेको अवस्थामा स्थानिय निकायलाई दबाब, करोडौं रुपैंया खर्चेर ल्याइएको मेसिनको सदुपयोग र पोखराको शान फेवाताल जोगाउन कार्यक्रम गरिएको दाह्री ग्याङ पोखराका संयोजक बसन्त पहारीले बताए ।

सरसफाई कार्यक्रममा दाह्री ग्याङ पोखराका सदस्य मात्र होईन, समूहको सामाजिक कामलाई सहयोग गर्न किशोरी, युवतीहरु, स्थानीयको पनि सहभागिता रहेको थियो ।

गैसस महासंघ कास्की अध्यक्ष पदम पहारी, वडा नं. ६ सदस्य हरि पहारी, दाह्री ग्याङ पोखराका पूर्व संयोजक शेखर गौतम, फेवा डुंगा व्यवसाय समिति उपाध्यक्ष रुद्र भुजेल, दाह्री ग्याङ पोखराका विक्रम पाण्डे लगायतले बोलेका थिए ।

समूहले रक्तदान तथा आकस्मिक रगत चाहिएको खण्डमा सहयोग, ह्वाईट बोर्ड वितरण, मृगौला लगायतका पीडितहरुलाई अर्थ संकलन अभियान, ट्राफिक सचेतना, पोखराका मुख्य चोकका पोल पोलमा फलामे जालीवाला डस्टबीन राख्ने लगायतका कार्यक्रम गरिसकेको छ ।

समूहले आगामी दिनमा पोखराको चौपाया व्यवस्थापन गर्न यहाँका सरकारी निकायहरुलाई दबाब दिई सम्भावित सवारी दुर्घटना कम गराउने उद्देश्यका साथ सचेतना कार्यक्रम गर्ने संयोजक पहारीले जनाए ।

पोखराका मेम्बरहरु स्थापनाकालीन समयदेखि नै सक्रियतापूर्व सामाजिक सेवामा समर्पित छन् ।


https://www.facebook.com/advertisingparichay/videos/1647999081978733/
तस्विर/भिडियोः परिचय एडभरटाइजिङ र खिम फोटोग्राफी
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ