काठमाण्डौ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा केनाईन शाखामा विगत ९ वर्ष देखी कार्यरत लावरडोर जातको शेरे, जर्मन सेफर्ड जातका टाइगर र जोन नाम गरेका कुकुरहरू आफ्नो प्रहरी सेवा पुरा गरी बुधबारबाट सेवा निवृत्त भएका छन्।
प्रहरी कुकुर ( K-9) हरूको विषयगत सङ्ख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्त सम्बन्धी कार्यनिर्देशन-२०८० बमोजिम उनीहरू सेवा निवृत्त भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जोन र शेरे नामका कुकुरहरूले आफ्नो सेवा अवधिमा १ हजार दुई पटक लागु औषध खोजी गरी विभिन्न समयमा सफलता हासिल गरेका थिए भने टाईगर नामको कुकुरले सुरक्षाको लागि ७ सय पटक विशिष्ट व्यक्तिहरूको समारोह स्थल, बाटो, संसद भवन लगायत विभिन्न स्थानमा चेकजाँच गरी आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए।
यस्तै बागमती प्रदेश अन्तर्गत जिल्लाहरूमा घटेका जघन्य प्रकृतिका शंकास्पद घटनाहरूमा अपराधीको पहिचान गरी अपराध अनुसन्धान गर्नमा समेत उल्लेखित प्रहरी कुकुरहरूको उत्कृष्ट भुमिका रहेको थियो।
यी तीनै कुकुरहरूलाई प्रहरी कुकुरहरूको विषयगत संख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्तसम्बन्धी कार्यनिर्देशन-२०८० बमोजिम सेवा निवृत्त गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सेवा निवृत्त भएका कुकुरहरूलाई मृत्यु नभएसम्म रासन, आवास, औषधी उपचारको व्यवस्थापन सम्बन्धित प्रहरी कार्यालयले नै गर्नेछ।’
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’