काठमाण्डौ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा केनाईन शाखामा विगत ९ वर्ष देखी कार्यरत लावरडोर जातको शेरे, जर्मन सेफर्ड जातका टाइगर र जोन नाम गरेका कुकुरहरू आफ्नो प्रहरी सेवा पुरा गरी बुधबारबाट सेवा निवृत्त भएका छन्।
प्रहरी कुकुर ( K-9) हरूको विषयगत सङ्ख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्त सम्बन्धी कार्यनिर्देशन-२०८० बमोजिम उनीहरू सेवा निवृत्त भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जोन र शेरे नामका कुकुरहरूले आफ्नो सेवा अवधिमा १ हजार दुई पटक लागु औषध खोजी गरी विभिन्न समयमा सफलता हासिल गरेका थिए भने टाईगर नामको कुकुरले सुरक्षाको लागि ७ सय पटक विशिष्ट व्यक्तिहरूको समारोह स्थल, बाटो, संसद भवन लगायत विभिन्न स्थानमा चेकजाँच गरी आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए।
यस्तै बागमती प्रदेश अन्तर्गत जिल्लाहरूमा घटेका जघन्य प्रकृतिका शंकास्पद घटनाहरूमा अपराधीको पहिचान गरी अपराध अनुसन्धान गर्नमा समेत उल्लेखित प्रहरी कुकुरहरूको उत्कृष्ट भुमिका रहेको थियो।
यी तीनै कुकुरहरूलाई प्रहरी कुकुरहरूको विषयगत संख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्तसम्बन्धी कार्यनिर्देशन-२०८० बमोजिम सेवा निवृत्त गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सेवा निवृत्त भएका कुकुरहरूलाई मृत्यु नभएसम्म रासन, आवास, औषधी उपचारको व्यवस्थापन सम्बन्धित प्रहरी कार्यालयले नै गर्नेछ।’
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा