शिशिर उजाड, पोखरा । तीजको दर खान भनेपछि शहरका होटल र पार्टी प्यालेस एक महिना अगावैबाट बुकिङ्ग हुन्छन् । त्यतिमात्र नभई विभिन्न होटल तथा पाटी प्यालेस त तीज विशेष भन्दै महङ्गो सूचीमा मेनु नै सार्वजनिक गरेर विज्ञापन नै हालिरहेका हुन्छन् ।
आजकाल दिनहुँ दर खान होटल जानेहरुको लर्को शहरमा निकै नै देखिन्छ । रातो खालको सारी ढल्काएर मात्रै पुग्दैन त्यसमा छपक्क सुन भएन भने दर नै खल्लो हुने शहर बजारमा राति अबेरसम्म तीज गीत मात्र बज्दैन, डान्सिङ्ग गीतमा कम्मर मर्काएका दृश्य सामाजिक संजालमा बग्रेल्ती देख्न पाईन्छ ।
यसले कतै हाम्रो साँस्कृतिक पर्वलाई महँङ्गो र हुँदा खानेका लागि अभिशाप त बनाएको छैन ? शहरका होटल र पार्टी प्यालेस भरिभराउ भैरहेको अवस्थामा पर्यटकीय क्षेत्र घार्मीका आमाहरुले भने खुल्ला चौरमा परम्परागत परिकार खाएर तीज मनाएका छन्।
आमा समूहमा आवद्ध दिदी बहिनीहरु स्थानिय ओमकारेश्वर मन्दिर परिसरमा जम्मा भई दर मात्र खाएनन, उनीहरु मादल, मुजुरा बजाएर छमछम्ती नाँच्न समेत भ्याए ।
भगवान शिवको मन्दिर अगाडि आमाहरुले परम्परागत तीज गीत गाउँदै, गाँउमै पाईने दुध, दही, जम्मा गरेर त्यहीको उत्पादनलाई पकाएर दर खाएको समुहकी लिला पौडेलले बताईन ।
आ–आफ्नो घरमा उत्पादन भएका चिजविज जम्मा गरी सबै दिदी बहिनीलाई वोलाएर दर खुवाइएको उनले बताइन् । कार्यक्रममै सहभागी भएकी राम्चेकी ७५ वर्षिया जेष्ठ नागरिक सरस्वती पौडेलले आफ्नो पालाको जस्तै रमाईलो गरी दर खान पाएकोमा खुसी व्यक्त गरिन् ।
पौडेल मात्र नभई सहभागी अन्य जेष्ठ नागरिकले पनि आफ्ना छोरी वुहारीले परम्परागत शैलीमा सन्देश मुलक कार्यक्रम गरेको बताएका छन् । उनीहरुले आफ्नो विगतको सम्झना गीतवाटै व्यक्त समेत गरेका थिए ।
पोखरा शहरवाट नजिकै भएर पनि त्यहाँका आमा, दिदी बहिनीले तीजको ऐतिहासिक र साँस्कृतिक पाटोलाई बढावा दिएकोमा शिक्षक झनकराज दाहालले खुशी व्यक्त गरे । तीज भड्किलो बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले हरेक व्यक्ति र संघ संस्थाले यसको ऐतिहासिक पाटोलाई बिर्सन नहुने सुझाव दिए ।
यस वर्षमात्र नभई विगतका वर्षमा पनि यसरी नै कार्यक्रम गरिएको आगामी वर्ष पनि यसलाई निरन्तरता दिने समुहकी गीता पौडेल पराजुलीले जानकारी दिइन् । समुहले दर खाने नाममा तीजको साँस्कृतिक पाटो नै मेटिने गरी भड्किलो नबनाउन र सवै तह र तप्काले मनाउन सक्ने गरी तीज मनाउन आग्रह समेत गरेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन