पोखरा । स्वागत टोल विकास संस्थाको अध्यक्षमा पुनः देवी बहादुर केसी निर्वाचित भएका छन् । पोखरा १४ चाउथेमा रहेको स्वागत टोल बिकास संस्थाको छैठौ साधारणसभा तथा तेश्रो अधिवेशनबाट सर्वसम्मत रुपमा देवी बहादुर केसी अध्यक्षमा निर्वाचित भएका हुन् । संस्थाको उपाध्यक्षमा सुवेदार मेजर देव बहादुर राना, सचिवमा क्याप्टेन कृष्ण थापा, कोषाध्यक्षमा सूर्य बहादुर थापा र सह सचिवमा संगीता पौडेल अधिकारी निर्वाचित भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा भरत लामिछाने, सुवेदार मेजर नन्द बहादुर घले, योगेन्द्र पूर्जा, ममता श्रेष्ठ, माया बराल क्षेत्री र दीपा छिमाल निर्वाचित भएका छन् ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष बोधराज कार्कीले स्वागत टोल विकास संस्था वडा नम्बर १४ को नमुना संस्था रहेको बताए । स्वागत टोल विकास संस्थाले वडामै उत्कृष्ट काम गरेको बताउदै संस्था आफैले आफ्नो क्षेत्रमा सडक निर्माण, खानेपानीको पाइप बिस्तार तथा सुरक्षालाई मध्यनजर गरी सिसिटिभी क्यामेरा जडान गरी वडाले गर्नुपर्ने काम टोल बिकास संस्था स्वयं आफैले गरेकोमा आभार प्रकट गरे । आगामी दिनमा संस्थामा रहेका महिला दिदीबहिनीहरुलाई लक्षित गरी ब्यवशायीक सीपमुलक तालिमहरु प्रदान गर्न आफु अग्रसर भएर लाग्ने समेत कार्कीले बताए ।
त्यस्तै वडा सदस्य कृष्णहरि काफ्लेले वडामा उत्कृष्ट संस्था स्वागत टोल बिकास संस्था भएको बताउदै टोलभित्रका विकास निर्माणका गतिविधीमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै महिला नेतृ माया बराल क्षेत्रीले स्वागत टोल विकास संस्थामा रहेको महिला दिदीबहिनीहरुलाई नेतृत्व विकासका लागी वडाले तालिमहरु प्रदान गर्न आवश्यक रहेको वताइन् । पत्रकार एमबी आस्था मगरले स्वागत टोल बिकास संस्थाले महानगरले गर्नुपर्ने काम आफै गरेको वताउदै अन्या संघ संस्थाहरुले पनि स्वागत टोल विकासको अनुसरण गर्नुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष देवी बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव क्याप्टेन कृष्ण बहाुदर थापा र कोषाध्यक्ष मन्जु गुरुङ्गले सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सह सचिव संगीता पौडेल अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य सचिव क्याप्टेन कृष्ण बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने किड्स होम मन्टेश्वरीका प्रिन्सिपल सुर्जु थापा, रुपक थनेत, थान बहादुर खड्का लगायतले मन्तब्य राखेका थिए । सो अवसरमा विभिन्न ब्याक्तिहरुलाई सम्मान समेत गरिएको थियोभने नेपाली नारीहरुको महान चाड तीजको अवसर पारी दिदीबहिनीहरुले नाचगान समेत गरेका थिए ।
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो