पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाइकिङ भाग ३८ धम्पुसदेखि ह्याम्जाकोट होमस्टे, धिताल, अस्ताम हुर्दै हेम्जा मिलनचोकसम्म गरिएको छ ।
महिनाभर काममा व्यस्त रहने सबै प्रकारका जागिरे, र्दैनिक घरायसी काममा व्यस्त रहने गृहणी महिला दिदीबहिनी तथा विद्यार्थी, प्रोफेसर, डाक्टरहरु सबै क्लबले आयोजना गरेको हाइकिङमा सहभागी हुने गरेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले वताए ।
हाइकिङमा पैदल हिड्दै, ग्रामिण परिवेशको आनन्द लिदैं पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्न महिला दिदीबहिनीहरुको उपस्थिति वढ्दै गएको क्लबकी उपाध्यक्ष ज्योति हमालले वताइन् ।
विगत ४ वर्षदेखि निरन्तर संचालनमा रहेको हाइकिङ कार्यक्रम कास्की जिल्लामा मात्र नभएर छिमेकि जिल्लाहरु तनहु र स्याङ्जाका ग्रामिण भेगहरुमा पनि गरि सकेको जानकारी क्लबका सदस्य तथा आईटी विभाग प्रमुख पितम सेनले वताए ।
हाइकिङ भाग ३८ मा सहभागिहरु ४० जना रहेका थिए । पोखराको न्यूराेडबाट बसमा धम्पुस गएको हाइकिङ समुह धम्पुसबाट ह्याङ्जाकोट सामुदायिक होमस्टे, धिताल, अस्तामका होमस्टेहरुको अवलोकन गर्दै अन्नपुर्ण इको भिलेजमा विहानको खाना खाएको र नेपाली हिन्दु महिलाहरुको हरितालिका तिजको अवसर पनि भएकोले सोही भिलेजमा नाचगानमा एकैछिन रमाईलो गरी पैदल हेम्जा मिलनचोक आईएको ट्रेकिङ गाईड तथा क्लबका सदस्य सुन्दर त्रिपाठीले वताए ।
सो अवसरमा पहिलो पटक सहभागि पोखरा ८ का डा. विष्णु ज्वारचन, फार्म हर्ट रिसिडेन्सीका अध्यक्ष कृष्ण बहादुर क्षेत्री, श्रद्धा सदनकी संचालक शोभा कुँवर, एसओएस भोकेसनल ट्रेनिङ छोरेपाटनका मोहन केसी, फुलबारी निवासी कृष्णमान श्रेष्ठ, लेकसाईड निवासी विद्यार्थी आयुष्मा क्षेत्री, व्यवसायी जिवन श्रेष्ठ, मगर संघका जिवन थापा मगर, पोखरा १७ का कमल रानाभाट र श्रीमती, पोखरा १३ का सुवेदार भिमबहादुर रानाभाट र लेखनाथ रानाभाट, पोखरा ९ दरबारथोकका शर्मिला रानाभाट र आरती रानाभाट हाइकिङको अनुभव सुनाएका थिए ।
क्लबलाई कास्की जिल्ला प्रशासनमा विधिवत दर्ता गरी सहभागीहरुको विमा, परिचयपत्र, सदस्यता प्रमाणपत्र, ज्याकेट, टोपि लगाएतको व्यवस्थापन गर्दै जाने योजना रहेको पनि सो अवसरमा जानकारी गराईएको थियो ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ