कञ्चनपुको बेलौरी नगरपालिका–४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। स्वास्थ्य केन्द्रका अहेब नरेन्द्र प्रसाद गैरेमाथि मंगलबार मध्यराति ड्युटीमा खटिएको बेला हातपात भएको हो।
अहेब गैरेमाथि बेलौरी नगरपालिका–३ गोकुलपुरका रामु भनिने रामबहादुर खड्काले हातपात गरेका हुन्। अहेब गैरेमाथि मध्यराति हातपात भएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
मंगलबार मध्यराति रामबहादुरका नाता पर्ने एक जना मापसे सेवन गरेर लडेर उपचारको लागि स्वास्थ्यकेन्द्र आएका थिए। निधारमा चोट लागेकोले टाँका लगाउनु पर्ने थियो। गैरेका अनुसार दुई/तीन दिन लगातार बिदा हुनाले धागो सकिएको थियो। मध्यराति स्टोर बन्द भइसकेको हुनाले गैरे आफैले पैसा दिएर बाहिरबाट धागो मगाएर बिरामीलाई टाँका लगाइरहेका थिए।
सोही समयमा मापसे गरेर आएका रामबहादुरले आफूमाथि हातपात गर्दै दुर्व्यवहार गरेको अहेब गैरेले बताए। ‘टाँका लगाउँदा एक्कासी आएर हातपात गरे, किन धागो नभएको, धागो छैन भने राजीनामा दे, किन काम गरिराछस् भन्दै गालीगलौज गरे,’ उनले भने, ‘के गर्न सक्छस् भन्दै पटक पटक हातपात भयो।’
ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात भएको घटनामा प्रहरी प्रशासन मूकदर्शक बनेको उनको गुनासो छ । राति नै खबर गर्दा पनि प्रहरीले केही चासो नदेखाएर अत्यसै पिट्छ? त्यसै त पिटेन होला? भनेर उल्टै पीडा थप्ने काम गरेको गैरेले बताए ।
दोषी उपर कारबाही नभए भोलिदेखि स्वास्थ्य केन्द्रको आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन्।
सम्बन्धित खबर
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो