बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल प्रतिपक्षीसँग हातेमालो नगरी एकलौटी ढंगले आफ्नै सुरले अघि बढेकोमा एमाले बा.न.पा. १३ वडा कमिटिले गम्भिर असहमति जनाएको छ ।
एमाले वडा कमिटिको एक टोली वडा कार्यालय पुगेर ध्यानाकर्षणपत्र पनि बुझाएको छ । गत स्थानीय निर्वाचनमा वडा नं. १३ पैयुँपाटामा काँग्रेस, माओवादी, जनमोर्चा, समाजवादीको गठबन्धनले जित हात पारेपछि प्रतिपक्षी दल एमालेसँग कुनै पनि सहकार्य नगरी अघि बढेकोमा एमालेले आपत्ति जनाएको हो ।
एमाले वडा कमिटि अध्यक्ष टेकबहादुर रोका र सचिव नरसिंह बहादुर खत्रीले हस्ताक्षर गरी बागलुङ नगरपालिकाको कार्यालयलाई समेत बोधार्थ लेखिएको ध्यानाकार्षण पत्रमा विभिन्न १२ बुँदा समेटिएको छ ।
वडा भित्र सार्वजनिक जग्गाको पहिचान तथा संरक्षण नभएको, बाटोको मापदण्ड विपरित बनेका संरचनाको निगरानी हुन नसकेको, हाइटेन्सनबाट सामाजिक सेवा वापत आउने रकम पारदर्शी नभएको, वडाको सामाजिक लेखापरीक्षण नभएको, दुई कार्यकाल नेतृत्व गर्दा पनि वडामा काम हुन नसकेको विषयमा ध्यानाकर्षण गराइएको छ ।
विभिन्न योजनाहरु, यातायात, एम्बुलेन्स लगायतमा वडाबासीको गुनासो आएको, सानो सिफारिससमेत समयमा हुन नसकेको प्रति ध्यानाकर्षण गराइएको छ ।


सम्बन्धित खबर
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?